Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

खबर डबलीको बहस : पीडित उखु किसानलाई न्याय कसरी दिने ?

काठमाडौं । कृषि आर्थव्यवस्थामा आधारित हाम्रो मुलुकमा कृषिलाई आधुनिककरण गरि जनतालाई आत्मनिर्भर गराउने लक्ष्य सरकारले लिएको छ । जनगणना २०६८ को तथ्यांक अनुसार ६२ प्रतिशत जनता कृषि पेशामै निर्भर छन् । कृषि क्षेत्रमा प्रचुर सम्भाव्यता रहेको नेपालका किसान अहिले विश्वकै सबैभन्दा धनी किसान हुनुपथ्र्यो । बिडम्बना विश्वकै सबैभन्दा गरिब र दरिद्र अबस्थामा जीवनयापन गरिरहेका छन् । अहिले युवा जनशक्ति प्राय सबै खाडिमुलुकको ५५ डिग्री उच्च तापक्रममा परिवारको भविष्य खोज्न भौतारीरहेका छन् । बाँकी बृद्धबृद्धा किसानहरु सरकार र उद्योगपतिबाट ठगिएको गुनासो पोख्दै राजधानी काठमाडौंको ५ डिग्री निम्न तामक्रममा न्यायको भिग मागिरहेका छन् । एकसातादेखि रौतहट र सर्लाहीका करिब डेढसय किसानहरु श्रमको मूल्य खोज्दै सिंहदरबारको ढोका ढकढकाई रहेका छन् । सरकारले दिने भनेको अनुदान रकम र चिनी उद्योगपतिहरुले उनीहरुको बक्यौता रकम समयमै भुक्तानी नदिएकोले आफुहरु काठमाडौंको चिसो सडकमा सुत्नु परेको पीडित किसानहरुको गुनासो पोखेका छन् । सरकार र चिनी उद्योग मालिकबाट करिब ३ अर्ब रकम भुक्तानी नपाउँदा बर्षौदेखि श्रृणको दुस्चक्रमा फसेको दुःखेसो पोख्दै श्रमको मूल्य नपाएसम्म घर नर्फने मुडमा रहेका छन् पीडित किसानहरु । किसानप्रति चिनीउद्योगपतिको गैह्रजिम्मेवार प्रवृत्तिकाकारण करोडौं लगानी फस्न पुगेको र भएको उखुकोपनि उचित मूल्य नपाउँदा खेतबारीमै सुक्ने अवस्थाले रातोदिन भोक न निद्राले छटपटाउनु परेको आफ्ना कारुणिक व्यथा संचारमाध्यममार्फत सरकारलाई सुनाएका छन् । यहि व्यथा र बेदना बोकी सोमबार प्रतिनिधिसभाको विषयगत समतिमा पुगेका पीडित किसानहरुले कृषिमन्त्री घनश्याम भुषाससमक्ष आफ्ना दुःखेसो पोखे । तर, मन्त्री भुषालले पीडित किसानको समस्या समाधानकोलागि आफु तयार रहेको भन्दै ठगी गर्ने उद्योगीहरु फरार रहेकोले कारवाही हुन नसकेको लाचार जवाफ दिए । संसदिय समितिले फरार उद्योग पतिलाई तत्काल प्रक्राउ गरी पीडित किसानलाई न्याय दिन निर्देशन दिएको छ । अहिले कृषि मन्त्रालयले पठाएको पत्रको आधारमा फरार उद्योग संचालकको खोजी कार्य जारी रहेको गृहमन्त्रालयले जनाएको छ । यसैबिषयमा वास्तविक किसानको समस्या के हो ? बर्षैदेखि उद्योगपति र किसानबीच किन संघर्ष चलिरहेको छ ? सरकारले पीडित किसानको समस्या समाधानमा किन ध्यान दिएको छैन ? भविष्यमा उद्योगपति र किसानबीच सुमधुर सम्बन्ध कायम राख्न सरकारले के गर्नु पर्छ ? भन्ने बिषयमा खबरडबलीको तर्फबाट गणेश पाण्डेले पूर्वउद्योगमन्त्री मातृका यादव, पूर्वकृषिमन्त्री हरिप्रसाद पराजुली र नेपाली कांग्रेसका छायाँ कृषिमन्त्री पद्मनारायण चौधरीसँग कुराकानी गरेका छन् । यादव, पराजुली र चौधरीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies