Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

चीनले बनायो विश्वकै हाईस्पीड ट्रेन, एक घण्टामै ३५० किमि दौडने

काठमाडौं । चीन प्रविधि विकासमा असाध्यै अगाडि छ । उसले अन्य मुलुकलाई पछाडि छोड्दै नयाँ–नयाँ कुराको विकास गरिरहेको छ । पछिल्लो समय चीनले अहिलेसम्मकै सबैभन्दा छिटो दौडने ट्रेनको विकास गरेको छ । चिनियाँ सञ्चार माध्यमले जनाएअनुसार चीनले हालै सञ्चालनमा ल्याएको ट्रेन प्रति घण्टा ३५० किमीको स्पीडमा दौडन्छ ।

विश्वकै पहिलो हाईस्पीड ट्रेनले सोमबार बेजिङ्गदेखि झांगजियासम्मको १७४ किमी दुरी १० स्टप सेन्टरसहित जम्मा ४७ मिनेटमा पुरा गरेको थियो । जनाइएअनुसार ट्रेनमा ५ जी नेटवर्कको सिग्नल, चार्जिङ सेवा, स्मार्ट लाइटिंगलगायतका सबैखालका सुविधा रहेको छ । ट्रेनमा अहिलेसम्मकै विकास भएका प्रविधिको प्रयोगसमेत गरिएको उल्लेख छ । ट्रेनमा जीपीएस सिस्टको पनि प्रयोग गरिएको जनाइएको छ ।

\"\"/

ट्रेन खासगरि २०२२ मा हुने शीतकालीन ओलम्पिकको लागि विकास गरिएको हो । शीतकालिन ओलम्पिकका खेलहरु बेजिङ्ग र झांगजिया दुवै शहरमा गराउने योजना छ । दुवै शहरमा खेलाडीहरुलाई आवत जावतलाई लागि ट्रेनको प्रयोग उपयुक्त हुनेछ ।

ट्रेनमा एक जना कर्मचारी मात्रै

सञ्चारमाध्यमले जनाएअनुसार चीनले बनाएको हाई–स्पीड ट्रेन स्वचालित खालको हो । यस ट्रेन चलाउनको लागि कुनै अपरेटरको आवश्यकता पर्दैन् । केवल एक व्यक्ति सञ्चालन कक्षमा हुने र आपतकालिन स्थितिमा ध्यान दिने गर्दछ । ट्रेनको सञ्चालन तथा मर्मतको काम रोबोटले गर्ने गर्दछ ।

\"\"/

यात्रीलाई रोबोटले सेवा दिने

चाइना रेलवे सेवा गु्रप परियोजनाका इञ्जिनियर दि केमेंगले ट्रेनमा सबैखालका नयाँ प्रविधि र मेशिनहरुको प्रयोग भएको बताए । उनले ट्रेनभित्र र बाहिर सबैखालका सेवा रोबोटले नै गर्ने बताए । यात्रीलाई समेत सबैखालका सेवा रोबोटले नै दिने उनले जानकारी दिएका छन् । चीनमा रेलवे नेटवर्क १ लाख ३९ हजार किमी रहेको छ । यो विश्वकै सबैभन्दा ठूलो रेलवे नेटवर्क हो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy