Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

ओली–प्रचण्डको कार्यकक्षमा ताला

काठमाडाैं । तत्कालीन एमाले र माओवादीबीच ३ जेठ ०७५ मा पार्टी एकता भएको अर्को दिन दुवै अध्यक्ष ओली र प्रचण्ड पहिला धुम्बाराही र त्यसपछि पेरिसडाँडा गएर पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरे । धुम्बाराहीमा प्रचण्डको कार्यकक्ष बनेको थिएन, त्यसैले प्रचण्डलाई ओलीकै कार्यकक्षमै कुर्सी राखियो । र, यस्तै अवस्था पेरिसडाँडामा पनि भयो । लगत्तै धुम्बाराही र पेरिसडाँडामा दुवै अध्यक्षका भिन्दाभिन्दै कार्यकक्ष बने ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ– धुम्बाराहीको आ–आफ्ना कार्यकक्षमा वेलावेला ओली र प्रचण्ड जान्छन्, तर पेरिसडाँडामा ओलीको कार्यकक्ष बनेको साढे १९ महिना भयो ओली एकपटक पनि कार्यकक्ष पुगेका छैनन् । पार्टी एकतापछि प्रचण्ड तीन-चारपटक मात्र पेरिसडाँडाको कार्यकक्षमा पुगेका छन् । त्यसैले पेरिसडाँडामा रहेको ओली र प्रचण्डको कार्यकक्ष ताल्चा लगाएर राखिएको छ । मुसाले कुर्सी टेबुल र सोफा बिगार्यो कि भनेर कहिलेकाहीँ कोठा खोलेर कर्मचारीले हेर्छन् र सरसफाइ गरेर फेरि ताला लगाउँछन् ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णुप्रसाद पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको कार्यकक्ष छ । अध्यक्ष प्रचण्ड, महासचिव पौडेल र प्रवक्ता श्रेष्ठ कहिलेकाहीँ पेरिसडाँडा पुग्ने गरे पनि अर्का अध्यक्ष ओली भने एकपटक गएपछि दोहोर्याएर पुगेका छैनन् । अध्यक्ष ओली र प्रचण्डको कार्यकक्षमा प्रायः ताला झुन्ड्याएको हुन्छ । पार्टीको कार्यक्रममा ओली धुम्बाराही जाने गरे पनि पेरिसडाँडाको आफ्नो कार्यकक्षमा भने दोहोर्याएर छिरेका छैनन् ।

तत्कालीन एमाले र माओवादीबीच ३ जेठ, ०७५ मा राष्ट्रिय सभागृहमा एकीकरणको घोषणा गरिएपछि ४ जेठमा अध्यक्ष ओली र प्रचण्डले धुम्बाराही र पेरिसडाँडामा पार्टी कार्यालय संयुक्त रूपमा अवलोकन गरेका थिए । त्यसवेला प्रचण्डको कार्यकक्ष पहिलाकै थियो । ओलीको कोठा मात्रै थियो । ओलीका लागि तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई बस्ने कोठा खाली गरिएको थियो । तर, कुर्सी, टेबुल बनेका थिएनन् । त्यस दिन ओली र प्रचण्ड दुवैले कार्यकक्ष हेरे । तर, दुवै जना केहीबेर एकै ठाउँ कुर्सी राखेर प्रचण्डको कार्यकक्षमा बसे ।

दुवै ठाउँमा कार्यालय भएकाले एकतापछि पेरिसडाँडामा नेताहरूको कम उपस्थिति हुने गरेको तत्कालीन माओवादी पार्टी कार्यालयका मुख्य सचिव एवं नेकपा केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीले बताए । ‘पार्टी कार्यालय अवलोकनका दिन अध्यक्ष, महासचिव, प्रवक्तालगायत नेताहरू आउनुभयो । आ–आफ्नो कार्यकक्षमा एकछिन बस्नुभयो । कोठा–कोठा हेर्नुभयो । पुस्तकालय अवलोकन गरेर जानुभयो,’ बुढाथोकीले भने, ‘अध्यक्ष ओली दोहोर्याएर आउनुभएको छैन । अध्यक्ष प्रचण्ड तीन–चार पटकभन्दा बढी आइसक्नुभयो ।’ महासचिव र प्रवक्ता भने प्रायः आउने गरेको उनले बताए ।

पार्टी एकता हुँदा दुवै केन्द्रीय कार्यालयमा दुवै अध्यक्षका कार्यकक्ष राख्ने निर्णय गरिएको थियो । त्यसैअनुसार, पेरिसडाँडामा ओली र प्रचण्डको कार्यकक्ष बन्यो । तर, आफ्नो कार्यकक्ष बनेको झन्डै २० महिना हुन लाग्दासमेत ओली एकपटक पनि पेरिसडाँडा गएका छैनन् । अहिले नेकपाले धुम्बाराहीलाई केन्द्रीय कार्यालय तथा पेरिसडाँडालाई केन्द्रीय विभाग र जनसंगठनहरूको सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्दै आएको छ ।

धुम्बाराहीस्थित कार्यालयमा अध्यक्षद्वय, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित नौ सदस्यीय सचिवालयका सबै नेताको फरक–फरक कार्यकक्ष छ । धुम्बाराहीमा तेस्रो तल्लामा दायाँतिर प्रचण्ड र बायाँतिर ओलीको कार्यकक्ष छ भने बीचमा ‘वेटिङ’ कक्ष छ । दुवै अध्यक्षको कार्यकक्षबीच रहेको ‘वेटिङ’ कक्षमा नेकपाले सचिवालय बैठक गर्दै आएको छ । तर, पार्टी एकतायता प्रचण्डको अध्यक्षतामा तीनपटक धुम्बाराहीमा सचिवालयको बैठक बस्दा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली भने सहभागी भएका छैनन् ।

अध्यक्ष प्रचण्डले पनि निवासलाई नै भेटघाटमा प्रयोग गर्दै आएकाले बैठक र अत्यावश्यक काममा बाहेक धुम्बाराही केन्द्रीय कार्यालय धेरै कम पुग्छन् । ‘कार्यालयमा महासचिव मात्र नियमितजस्तै आउनुहुन्छ,’ धुम्बाराहीस्थित कार्यालय सचिव श्रीराम ढकालले भने, ‘अन्य सबै नेताहरू प्रायः व्यस्त भएर होला कमै आउनुहुन्छ । त्यसैले, अध्यक्षहरूको कार्यकक्ष पनि आएको वेला मात्र खोलिन्छ, अघिपछि ताल्चा लगाएरै बन्द गरिएको हुन्छ ।’ नेकपाले पार्टीका केन्द्रीय कार्यक्रम र बैठकहरू धुम्बाराही र जनवर्गीय संगठन विभागीय कार्यक्रमहरू पेरिसडाँडामा गर्दै आएको छ ।

पेरिसडाँडास्थित नेकपा कार्यालयको दोस्रो तलाको पश्चिमतिरका दुई अलग–अलग कोठालाई अध्यक्षको कार्यकक्ष बनाइएको छ । अध्यक्ष ओली र प्रचण्डको कार्यकक्षका सोफा, टेबुल, दराज, भित्तामा राखिएका माक्र्स, एंगेल्स, लेनिन र माओका तस्बिर एउटै राखिएको छ । तर, सोफा, टेबुल, दराजको रंग भने फरक छ, प्रचण्डको रातो र ओलीको कालो । अध्यक्ष ओली–प्रचण्डका अतिथि कुर्ने कोठामा रातो र खैरो रंगका सोफा राखिएका छन् । नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपालको पेरिसडाँडामा कार्यकक्ष बनाइए पनि बाहिर नेमप्लेट राखिएको छैन ।

ओलीको कार्यतालिका डेढ वर्षदेखि अलपत्र

नेता–कार्यकर्ता र सांसदहरूले भेट्न मात्रै होइन, समस्या सुनाउनसमेत नपाएको भन्दै व्यापक आलोचना गरेपछि प्रधानमन्त्री ओलीले सचिवालयमार्फत सम्पर्कमा रहन, जनगुनासो सुन्नका लागि नियमित कार्यतालिका नै बनाए । १३ असार, ०७५ मा प्रधानमन्त्री ओलीका तत्कालीन प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले महिनाको १ गते धुम्बाराही र १५ गते पेरिसडाँडा कार्यालय पुगेर बिहान ११ देखि दिउँसो ३ बजेसम्म नेता–कार्यकर्ता भेट्ने कार्यतालिका नै सार्वजनिक गरे ।

त्यसपछि कार्यतालिकाअनुसार, उनी एकपटक धुम्बाराही पुगे । त्यसयताको डेढ वर्षमा भने कार्यतालिका लागू हुन सकेको छैन । ‘प्रधानमन्त्रीज्यू व्यस्त बन्नुभएकाले पनि कार्यतालिकाअनुसार, भेटघाट हुन सकेन,’ प्रधानमन्त्री ओलीका तत्कालीन प्रेस संयोजक चेतन अधिकारीले भने ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending