Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सावधान ! वर्षायाममा यस्ता रोग लाग्लान्, थाहा पाउनुस् लक्षण र बच्ने उपाय

\"raining\"२१ असार, काठमाडौं । पानी पर्ने मौसम आउने बित्तिकै वातावरण चिसो हुनुका साथै थुप्रै गम्भीर रोगहरुले पनि ढोका ढकढकाउने गर्दछ । वातावरणमा आद्रता बढेका कारण फंगस, भाइरस र ब्याक्टेरियाजस्ता थुप्रै प्रकारको रोगको खतरा बढ्ने गर्दछ । आकाशको पानी जम्मा हुने भएका कारण मलेरिया–डेंगुको लामखुट्टे उत्पन्न हुने गर्दछ जसका कारण हामी संक्रमणको शिकार हुने गर्छौं । १. मलेरियाः पानी पर्ने मौसम आउनेबित्तिकै लामखुट्टेको प्रकोप बढ्ने गर्दछ । यो रोग लामखुट्टे एनाफिलिजबाट हुने गर्दछ । यसमा ज्वरो, टाउको दुखाई, एक दिन छोडेर ज्वरो आउनेजस्ता लक्षण देखिने गर्दछ । मलेरियाबाट बच्नका लागि केही घरेलु तरिका अपनाउन सक्नुहुन्छ । लामखुट्टेलाई घर वरिपरि आउन नदिन लामखुट्टेनाशक क्रिम, स्प्रे, म्याट, कोइल्सको प्रयोग गर्नसक्नुहुन्छ । घरको चारैतर्फ पानी जम्न नदिनुहोस्, बन्द भएका पाइप सफा गर्नुहोस् । यदि पानी रोक्न सम्भव हुँदैन भने त्यसमा पेट्रोल अथवा मट्टितेल हाल्नुहोस् । झ्याल, ढोकामा जाली राखेर लामखुट्टे आउनबाट बचाउनुहोस् । २. झाडापाखालाः वर्षायाममा सबैभन्दा बढि प्रकोप झाडापाखालाको हुने गर्दछ । कसैलाई झाडासँगै बान्ता पनि हुने गर्दछ । यो समस्याले शरिरमा पानी र नुनको मात्राको स्तर निकै तिब्र रुपमा कम हुने गर्दछ । झाडापाखालाबाट बच्नका लागि हल्का खाना खानुहोस् र खानासँगै आधा कागतीको रस र अदुवा खानुहोस् । यदि कसैलाई झाडापाखाला लागे उनलाई लगातार पातलो र हल्का खानेकुरा जस्तै नुन र चिनी मिसाएको कागती पानी, लस्सी, दालको पानी, पातलो जाउलो आदि दिनुहोस् । ३. डेंगुः डेंगु लागेका मानिसहरुमा काँप्ने, ज्वरो आउने, नाकबाट पानी निस्कने, पेट उमठ्नेजस्ता लक्षणहरु देखा पर्छन्  । यसबाट बच्नका लागि वरिपरिको फोहोर पानी जम्मा हुन नदिने । गमला राखेका ठाउँमा नियमित सफा गरेर मट्टिेल छर्किने । डेंगुको लामखुट्टे सफा पानीमा बढि वृद्धि हुन्छ त्यसकारण पानीको ट्यांकीलाई राम्रो तरिकाले बन्द गर्नुहोस् । बिहान बेलुका शरिर ढाक्ने कपडा लगाउनुहोस् । विशेषगरी बच्चाहरुका लागि यो सावधानी अपनाउन निकै आवशयक छ । ४. हैजाः दुषित पानी र संक्रमित खाना खाँदा बान्ता, ज्वरो आदिको संक्रमण हुने गर्दछ । शरिरमा नुन र पानीको कमी भएका कारण हाम्रो शरिर कमजोर हुने गर्दछ । हैजाबाट बच्नका लागि खाना पकाउनुभन्दा पहिले राम्रोसँग धुनुपर्छ । बजारमा पाइने काँचो तरकारी, काटेको फलफूल नखानुहोस् । पिउने पानीमा क्लोरिन मिसाउनुहोस् र उमालेर पिउनुहोस् । दैनिक नुहाउनुहोस् र आफ्नो हातलाई समय–समयमा धुनुहोस् र सफा गर्नुहोस् । संक्रमित व्यक्तिलाई नुन र चीनी र ग्लूकोज घोलेर दिनुहोस् । ५. फूड प्वाइजनिङः वर्षायाममा फूड प्वाइजनिङको खतरा रहिरहन्छ । यदि खाना खाएको एक घण्टादेखि ६ घण्टाबिच बान्ता भयो भने सम्झनुहोस् तपाईंलाई फुड प्वइजनिङ भएको छ । यस्तो भएमा डाक्टरको तुरुन्त सल्लाह लिनुहोस् । फूड प्वाइजनिङ ब्याक्टेरियायुक्त खाना खाँदा हुन्छ । यसबाट बच्नका लागि घरमा बनेको ताजा खानेकुराहरु मात्र खानुहोस् । यदि बाहिरको खाना खानु छ भने खुल्ला रुपमा राखेको खानेकुरा नखानुहोस् । घरको किचनमा पनि सफा–सुग्घर राख्न आवश्यक छ । फोहोर भाँडाकुँडाको प्रयोग नगर्नुहोस् । कम एसिड भएको खानेकुरा खानुहोस् । अमिलो, भिटामिन–सीयुक्त खानेकुरा खानुहोस् । दहिमा बिरे नुन मिसाएर खाँदा लाभदायक हुन्छ । ६. ज्वरो वा इन्फ्लुन्जाः यस्तो मौसममा ज्वरो र इन्फ्लुन्जाको संक्रमण तिब्र रुपमा फैलिने हुँदा यसबाट बच्न अत्यावश्यक छ । यसको मुख्य लक्षणमा घाँटी अवरुद्ध, सास फेर्न समस्या, सुन्निने, टाउको दुखाई, ज्वरो, मांसपेशीहरुमा दुखाई, पसिना आउनु र हरेक समय थकित महसुस हुनु । यसबाट बच्नका लागि सफा–सुग्घरमा ध्यान दिनसपर्छ र तरल पदार्थ जस्तै जुस, सूप र मनतातो पानी पर्याप्त मात्रामा पिउनुहोस् । ७. कन्जङ्टिभाइटिस/आइफ्लू: कन्जङ्टिभाइटिस वर्षायाममा निकै तीब्र रुपमा फैलिने गर्दछ । यो पनि एक भाइरस जनित रोग हो जुन तापक्रममा अचानक परिवर्तन एवं दुषित पानीका कारण फैलिने गर्दछ । आँखा चिलाउनु, सुन्निनु र आँखा दुख्नु यसका लक्षण हो । यो एक सरुवा रोग हो जुन पीडित व्यक्तिको सामानहरु प्रयोग गर्दा तपाईंलाई पनि यो रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ । कन्जङ्टिभाइटिसबाट बच्नका लागि अनुहार अथवा आँखामा पटक–पटक हात लगाउनबाट बच्नुहोस् र हातलाई तारन्तार धोइरहनुहोस् । आफ्नो रुमाल, चस्मा आदि कोही सँग पनि सेयर नगर्नुहोस् । हरेक दिन ४ देखि ५ पटक स्वच्छ पानीले आँखा पखाल्नुहोस् । आँखालाई नमाड्नुहोस् किनभने यसले रेटिनालाई चोट पुर्याउन सक्छ । यसबाट बच्नका लागि स्कुल, अफिसबाट छुट्टी लिएर आँखालाई आराम दिनुहोस् । आँखामा कालो चस्मा लगाउनुहोस् र आइफ्लूका लागि उपलब्ध विशेष मलमको प्रयोग गर्नुहोस् । ८. दमः वर्षायाममा तापक्रममा परिवर्तन भइरहने भएका कारण दम बढ्ने सम्भावना अत्यधिक हुन्छ । ज्वरो, रुघा, खोकी र सास फेर्न असजिलो हुने यसका लक्षण हुन् । यसबाट बच्नका लागि भीडभाडमा जानबाट बच्नुहोस् । ९. कपालमा चाँयाः मौसममा परिवर्तन हुने बित्तिकै कपालको समस्या बढिहाल्छ । वर्षायाममा कपाल भिजिरहने भएका कारण फन्गल इन्फेक्सन र चाँया पर्ने सम्भावना अत्यधिक हुन्छ । यस्तो प्रकारको समस्याबाट बच्नको लागि सफा–सुग्घरमा ध्यान दिन आवश्यक छ । कपाल धेरैबेरसम्म चिसो नराख्नुहोस् । यस्तो हुँदा कपालमा लट्टा पर्न सक्छ । हप्तामा दुईपटक कपाललाई अवश्य पनि धुनुहोस् । कपाल नुहाएपछि राम्रोसँग सुकाउनुहोस् । कपाल प्रोटिनबाट राम्रो हुने भएका कारण आफ्नो खानामा दुध, पनिर, अण्डा, भिटामिन सी र हरियो सागपात समावेश गर्नुहोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies