काठमाडौं । सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रिक्त रहेको सभामुखबारे निर्णय गर्न नसक्दा संसद बैठक १ महिनादेखि अवरुद्ध बनेको छ ।
नयाँ सभामुख सत्तारुढ घटकभित्र साविक माओवादी वा एमालेबाट भन्ने विवादका कारण चयन प्रक्रिया लम्बिएको हो ।
साविकका दुवै पक्षले सभामुख आफैसँग राख्न चाहेपछि लम्बिएको प्रक्रियामा उपसभामुख शिवमाया तुम्हाम्फेमार्फत अहिले राष्ट्रपति विद्यादेवि भण्डारीको पनि यो समस्यामा इन्ट्री भएको बताइन्छ ।
पार्टी एकता अघि भएको कार्यविभाजन अन्तर्गत प्रधानमन्त्री एमालेलाई र सभामुख माओवादीलाई परेको थियो । सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि रिक्त रहन आएको सभामुखमा ओलीले साविक माओवादीलाई दिन नखोजेपछि समस्या बल्झिएको हो ।
ओलीका ३ रणनीति
तात्कालिन सभामुख कृष्णबहादुर महराले हाल चर्चामा रहेको अमेरिकी योजना एमसिसि संसदमा प्रस्ताव लैजान नमानेपछि क्रुद बनेको ओली अहिले आफुले भनेको मान्ने सभामुख मार्फत एमसिसि पारित गराउने योजनामा देखिन्छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इण्डो पेसेफिकभित्र एमसिसि हो भने मान्न नसकिने बताईरहेका बेला ओलीले एमसिसि पारित नहोला भन्ने त्रासले काम गरेको देखिन्छ ।
खासगरी ओलीका ३ राणनीति छन् –अर्का अध्यक्ष प्रचण्डलाई फकाउने र सभामुख सुभास नेम्वाङ्लाई बनाउने, नमाने उपसभामुख शिवमाया तुम्हाम्फेलाई अघि बढाउने र त्यो पनि नभए एमसिसि पारित गराउने शर्तमा पूर्व माओवादी पक्षलाई सभामुख दिने ।
यसअघि नेकपाभित्र के पनि चर्चा थियो भने उपसभामुखको राजीनामा आएपछि एकलौटी रुपमा नेम्वाङ्लाई उम्मेदवार उठाउने तयारीमा ओली थिए। यस्तो अवस्थामा माओवादीहरु चुप लाग्दै समर्थन गर्छन् या अर्को उम्मेदवार उठाउँछन् भन्ने आँकलनमा बालुवाटार थियो। अर्को उम्मेदवार उठाउँदा पार्टी फुटतिर जानसक्ने विश्लेषण भएपछि ओली हच्किएको नेकपा स्रोत बताउँछ ।
प्रचण्डका ३ काउण्टर
ओलीका माथि उल्लेखित रणनीतिबारे जानकार प्रचण्डले दुई काउण्टर रणनीति तयार गरे । उनले एकता अघि बाँडफाँड भएको प्रधानमन्त्री र सभामुख पदको स्मरण गराए र सभामुख छाड्न परे प्रधानमन्त्री आफुलाई चाहिने बताए । जसको उत्तर ओलीसँग थिएन । यसो गर्न नसकिने भए शक्ति पृथकिरण र सन्तुलनका हिसाबले पनि सभामुख छोड्न नसकिने अडानमा दृड भए ।
अरु अवस्थामा जस्तै उदार प्रचण्डलाई गलाउन सकिने बुझाईमा रहेका ओली त्यतिबेला झस्किए जतिबेला प्रचण्डले प्रधानमन्त्री आफुलाई दिन भने ।
सभामुख र उपसभामुख सत्ता र प्रतिपक्षबाट हुनुपर्ने कानुनी व्यावस्थाकाबिच उपसभामुख तुम्हाम्फेले राजीनामा नदिई सभामुख नेकपाले प्राप्त गर्दैन । पहिलो रणनीतिमा सफल नभएका ओलीले अहिले दोस्रो रणनीति अपनाएका छन् तुम्हाम्फेलाई राजीनामा दिन्न भन्न लगाउने र अड्काउने । तुम्हाम्फेको पछाडी राष्ट्रपति विद्यादेवि भण्डारी देखाइएपनि ओलीसँगको सल्लाहामै तुम्हाम्फेले पार्टीले भनेको नमान्ने बताईरहेकी छिन् । यो खासमा प्रचण्डलाई ओलीको काउण्टर हो । पार्टीको सचिवालय बैठकबाट राजीनामा दिन निर्णय गरेका प्रचण्ड यसपटक गल्ने मनस्थितिमा छैनन् । बरु ओलीले पहिलेजस्तै हठ देखाईरहे नेकपा फुटतिर उन्मुख हुनसक्छ । किनभने शक्ति शन्तुलन र एकताअघिको जिम्मेवारी फाँडफाँडको तर्कमा प्रचण्ड बलिया र नैतिकवान देखिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: