Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

बाढीबाट खेतीबाली नोक्सान भएका किसानलाई राहत वितरण

२२ असार, गुलरिया (बर्दिया) । जिल्ला कृषि विकास कार्यालयले गत साउनमा आएको बाढीबाट खेतीबाली नोक्सान भएका २५ हजार ५०० किसानलाई राहत वितरण गरेको छ । कृषि विकास मन्त्रालयअन्तर्गत कृषि विभागबाट विनियोजित करिब रु ६ करोड पाँच लाखबाट किसानको मागअनुसारका राहत सामग्री वितरण भइरहेको कृषि कार्यालय बर्दियाका वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले जानकारी दिए । राहत कार्यक्रमअन्तर्गत माछापोखरी मर्मत, धानको बीउ, सिडविन, स्पे्रयर, सिँचाइ कुलो र डुड मर्मत, बोरिङ तथा पम्पसेट, मोटर, हाटबजार टहरो मर्मत, आपत्कालीन बीउ संरक्षण मचान र ७०० घरधुरीलाई तरकारी बीउ वितरण कार्य भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यक्रमबाट धानको बीउमा रु एक करोड ५९ लाख, माछापोखरी मर्मत सुधारमा रु १८ लाख, कुलो डुड ममर्त सुधारमा रु ७८ लाख ४० हजार, बोरिङ, पम्पसेट तथा मोटर जडानमा रु दुई करोड पाँच लाख, आपत्कालीन बीउ संरक्षण मचानमा रु २० लाख, प्याज भण्डारण तथा हाटबजार टहरोमा रु १० लाख, सिडविन वितरणमा रु ८० लाख, स्प्रेयरमा रु पाँच लाख ४६ हजार र तरकारी बीउ सहयोगमा रु सात लाख खर्च भएको वरिष्ठ कृषि विकास अधिकृत श्रेष्ठले बताए । बर्दियामा गत साउनमा आएको बाढीबाट ६ हजार ५०० हेक्टरमा लगाएको धानबालीमा क्षति पु¥याएको थियो । यसअघि कृषि कार्यालयको नियमित कार्यक्रमबाट रु २९ लाख र कृषि विकास मन्त्रालयबाट दीर्घकालीन कृषि योजना अनुगमन तथा समन्वय राहत कार्यक्रमबाट रु २० लाख गरी रु ४९ लाख हिउँदेबालीका लागि वितरण भइसकेको कार्यालयले जनाएको छ । हाल सहयोग गरिएको सिँचाइ कार्यक्रमबाट करिब एक हजार ५०० हेक्टरमा सिँचाइको संरचना सुधार भई बाली सघनता बढ्ने कार्यालयको दाबी छ । त्यस्तै सीमान्तकृत तथा साना किसानलाई वितरण गरेको सिडविनबाट ६ हजार क्विन्टलभन्दा बढी बीउ सञ्चय गरेर राख्न सकिने कृषि कार्यालयले जनाएको छ । कार्यक्रम सञ्चालनका लागि कार्यालयले दुई ओभरसियर र दुई प्राविधिक करारमा नियुक्त गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले विभिन्न निकाय सम्मिलित क्षेत्रगत रुपमा टोली बनाई अनुगमन निरीक्षण गरी प्रतिवेदन असार २५ गतेभित्र समितिमा पेस गर्ने कार्यक्रम रहेको बताएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending