काठमाडौं । सभामुखको उम्मेदार टुंगो लगाउन सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तिम गृहकार्यमा जुटेका छन् । नेकपा पार्टी स्रोतले जनाएअनुसार सभामुखको टुंगो लगाउन आइतबार बिहानैदेखि नै पार्टी अध्यक्षद्वयबीच छलफल चलेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको टुंगो लगाउन छलफल चलिरहेको जनाएको छ । छलफलमा दुवै अध्यक्षले चर्चामा आएका केहि नेताको नाम अघि सारेका छन् । नेकपा स्रोतले जनाएअनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पूर्वसभामुख सुवास चन्द्र नेम्वाङलाई सभामुख बनाउन जोड दिएका छन् भने प्रचण्डले अग्नि सापकोटालगायतका नेताहरुको नाम अघि सारेका छन् ।
नेकपा स्रोतले जनाएअनुसार अध्यक्षद्वयबीच छलफलमा नयाँ पात्रको विषयमा पनि खोजी हुनेछ । छलफलमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको विषयमा पनि कुराकानी भईरहेको जनाइएको छ ।
उपसभामुख तुम्बाहाम्फेले आफुँलाई नै सभामुख बनाउनु पर्ने दाबी गरेपछि नेकपा नेतृत्वमा केहि उल्झन भएको थियो । यसअघिका छलफलमा तुम्बाहाम्फेले आफुँलाई सभामुख बनाउने टुंगो लगाए उपसभामुखबाट राजीनामा दिने बताउँदै आएकी थिइन् ।
गत पुस २७ मा बसेको नेकपा सचिवालयले तुम्बाहाम्फेलाई उपसभामुख पदबाट राजीनामा दिन लगाउने र सभामुख चयनको प्रक्रिया अगाडि बढाउने सहमति गरेको थियो । तर तुम्बाहाम्फेले सचिवालयको निर्णयलाई चुनौति दिँदै पौष २८ मा भएको शीर्ष नेताहरुबीचको छलफलमा राजीनामा दिनुको कारण स्पष्ट पार्न माग गरेकी थिइन् ।
शीर्ष नेताहरुसँगको छलफलमा तुम्बाहाम्फेले आफुँलाई सभामुख बनाउने निश्चित भएमात्रै राजीनामा दिने नत्र विकल्प खोज्न चुनौतिपूर्ण सुझाव दिएकी थिइन् । तुम्बाहाम्फेको चुनौतिपूर्ण जवाफ सँगै नेकपा नेतृत्व सभामुखको विषयमा अर्निणत भएको थियो ।
अधिकांशको माग पूर्वमाओवादीले पाउनुपर्ने
नेकपा नेतृत्वमा छलफल चलिरहँदा अबको सभामुख स्वभाविक पूर्वमाओवादी पक्षले पाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् । नेकपाको केन्द्रीय सचिवालयका ९ जनामध्ये प्रचण्डसहित ६ जना नेताहरुले प्रचण्डको प्रस्तावलाई नै स्वीकृति गर्नुपर्ने धारणा राखेका छन् । वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले प्रचण्डको प्रस्तावलाई नै अन्तिम मान्नुपर्ने बताएका छन् ।
यसअघि पौष २३ मा वामदेव गौतम निवास भैंसेपाटीमा भएको छलफलमा पनि नेताहरुले सभामुख चयनको विषयमा गम्भीरतापूर्वक उठाएका थिए । भैंसेपार्टी भेलामा सहभागी नेताहरुले अग्नी सापकोटाको विषयमा सहमति जनाएका थिए ।
पछि पौष २८मा बसेको शीर्ष नेताहरुको छलफलमा भैंसेपाटी भेलालाई नै देखाएर प्रधानमन्त्रीसमेत रहेका ओलीले छलफल गर्न अस्विकार गरेपछि नेकपा सभामुखको विषयमा अनिर्णित बनेको थियो ।
नेकपा शीर्ष नेतृत्वबीचमा भएको छलफलले निष्कर्ष निकाल्न नसक्दा हिउँदे अधिवेशन शुरु भएको एक महिना पुग्दा पनि संसदको नियमित कारबाही अघि बढ्न सकेको छैन् । यसबीचमा ३ पटकसम्म संसद बैठक सूचना टाँसेर स्थगित भएको छ । संसद बैठक माघ ६ मा बोलाइएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: