Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सावधान ! वाइफाई खतरनाक रोगका लागि ‘फ्रि कनेक्सन’

\"wifi\"२२ असार, काठमाडौं । यदि तपाईं वाइफाइ मार्फत इन्टरनेटको प्रयोग गर्नुहुन्छ भने सावधान हुनुहोस् । यसबाट निस्कने किरण अर्थात रेडियसन क्यान्सरसहित दर्जनौं खतरनाक रोगका कारण बनिरहेका छन् । संसारभरीका २०० भन्दा बढि बैज्ञानिकले आफ्नो शोधमा दाबी गरेका छन् कि वाईफाई स्वास्थ्य, दिमाग र खासगरी बच्चाहरुमा निकै नराम्रो असर पुर्याउँछ । भविष्यमा सबैभन्दा बढि गम्भीर परिणाम यसैबाट हुने चेतावनी वैज्ञानिकले दिएका छन् । यी वैज्ञानिकहरुले भर्खरै यूनाइटेड नेशनस इन्भारोमेन्टल प्रोग्राम (यूनेप) सँग वाइफाई, मोबाइल फोनको प्रयोग सम्बन्धि केही मापदण्ड तय गर्नुपर्ने माग राखेका छन् । वैज्ञानिकहरुले विशेषरुपमा वाइफाइलाई सुरक्षित गर्न माग गरेका छन् । जेएनयूका वैज्ञानिक पनि संलग्न २ सय वैज्ञानिकहरुमा जेएनयू, आइआइटी, एम्स, दिल्ली विवि, युनिभर्सिटी कलेज अफ मेडिकल साइन्सेजका प्रोफेसर संलग्न छन् । कति खतरनाक छः –    सोच्ने क्षमतामा कमी ४जी रेडियसनले दिमागमा पार्ने प्रभावलाई परिक्षण गर्नका लागि एमआरआई प्रविधिको प्रयोग गरियो । परिक्षण पछि यसले दिमागमा एकाग्रता, दिमागको थुप्रै हिस्सामा कार्य गर्ने क्षमतालाई प्रभावित गर्यो । –    अनिन्द्रा, डिप्रेसन लामो समयसम्म इलेक्ट्रोम्गानेट रेडियसनसँगको सम्पर्कले दिमागमा काम गर्ने तरिकामा परिवर्तन आउँछ । अनिन्द्रा, डिप्रेसन, उच्च रक्तचाप हुन सक्छ । –    डीएनएमा परिवर्तनः वाइफाइको धेरै सम्पर्कबाट डिएनए र वीर्य दुबैमा नराम्रो असर पर्ने गर्दछ । –    हृदयघातः रेडियसनसँग लामो समयसम्म सम्पर्कले हृदयगती तीब्र रुपमा बढ्ने गर्दछ । महिलामा असरः –    वाइफाइले महिलाको दिमागमा निकै नराम्रो तरिकाले असर पार्ने गर्दछ । महिलामा गर्भधारणमा समस्या हुने गर्दछ । भ्रुणको विकास हुन रोक लगाउँछ । बच्चामा असरः –    बच्चामा कोसिकाहरुको विकासलाई रोक्ने गर्दछ । प्रोटिन सिन्थेसिसको विकासमा पनि अवरुद्ध गर्दछ । लामो समयसम्म सम्पर्कमा रहँदा मृगौलामा राम्रोसँग विकसित हुन पाउँदैन । यसरी गर्छ कामः वैज्ञानिकका अनुसार जुन प्रकारले माइक्रोवेभ ओभन काम गर्छ त्यसरी नै वाइफाइबाट निस्कने रेडियसनले पनि काम गर्छ । वायरलेस कनेक्टिभिटीका लागि वाइफाइ नेटवर्क, २.४ हर्ज र ५ गिगाहर्जको फ्रिक्वेन्सीमा तरंग फ्याँक्ने गर्दछ । ....त्यसकारणा पेसमेकरले पनि काम गर्दैन यदि तपाईं हृदयसम्बन्धी उपकरण जस्तै पेसमेकर लगाउनुहुन्छ भने स्मार्टफोन टाढा राख्नुहोस् । पेसमेकरलाई स्मार्टफोनको विद्युत चुम्बकीय सिग्नललाई हृदयबाट निस्कने सिग्नल सम्झेर त्यसलाई बन्द गर्नसक्छ । म्यूनिकस्थित जर्मनी हार्ट सेन्टरका शोधकर्ता कार्सटन लेनर्जको भर्खरको शोधका अनुसार पेसमेकर र मोबाइल फोनबिच कमसेकम १५ देखि २० सेन्टिमिटर टाढा हुन आवश्यक छ । फ्रान्सबाट सिकाैंसः –    वाइफाइको लागि कानुन वाइफाइले स्वास्थ्यमा पार्ने नकारात्मक असरलाई ध्यानमा राखेर नयाँ कानून लागु गरेको छ । –    यहाँ प्रतिबन्धित डे केयर सेन्टर, क्रेच, किन्डर गार्डन, बच्चाको अस्पतालमा वाइफाइ प्रतिबन्धित हुनेछ । प्राइमरी स्कूलहरुमा पनि कम्प्युटर ल्याबमा मात्र वाइफाई रहने छ । –    सुरक्षामा जोडः –    देशमा वाइफाइबाट हुने रेडियसनलाई सिमित राख्न आवश्यक छ । फ्रान्स नेशनल फ्रिक्वेन्सी एजेन्सी रेडियसनले खतरापूर्ण ठाउँको समिक्षा गर्नेछ । यसरी बच्नुहाेस्ः –    ल्यापटपलाई मेचमा राखेर नै काम गर्नुहोस् । –    राउटरबाट कम्तीमा पनि ३ फिट टाढा बस्नुहोस् । –    घरमा वाइफाई आवश्यक पर्दा मात्र चलाउनुहोस् । –    रातमा सुत्नु पहिले वाइफाई र मोडेम अवश्य पनि बन्द गर्नुहोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies