Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

इलाममा रेडपान्डा संरक्षण सुरु

\"red२२ असार, इलाम । इलामका चार गाविसमा रेडपान्डा (हाब्रे) संरक्षणको कार्य सुरु भएको छ । रेडपान्डा संरक्षणका लागि कार्यरत संस्था रेडपान्डा नेटवर्क र उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाले जमुना, जोगमाई, प्याङ र मावु गाविसमा विशेष संरक्षण अभियान सुरु गरिने संस्थाका कृष्ण राईले बताए । यी गाविसको तीन हजार ७७० हेक्टर क्षेत्रफलमा रेडपान्डाको संरक्षण कार्य, संरक्षण कार्यमा स्थानीयवासीलाई अग्रसर गराउन उनीहरुको जीविकोपार्जनमा सहयोग पु¥याउने र संरक्षणका लागि जनचेतना अभिवृद्धिलगायत कार्यक्रम गरिने रेडपान्डा नेटवर्कका सोनाम टासीलामाले जानकारी दिए । चार गाविसमा ५१ लाख ५० हजारको लागतमा रेडपान्डाको बासस्थान सुधार, खुल्ला चरिचरन नियन्त्रण, सामुदायिक वनको कार्ययोजनामा समावेश गर्न संरक्षण क्षेत्रको स्थापनालगायत काम गरिने उच्च पहाडी उत्पादक तथा संरक्षण संस्थाले जनाएको छ । यसैगरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पु¥याउन जैविकखेतीबारे तालिम, पोली हाउस निर्माण, घरबास कार्यक्रमका लागि तालिम र हस्तकलाका सामग्री निर्माण गर्ने तालिम सञ्चालन गरिने छ । इलामका सात गाविसमा २३ देखि ४० को हाराहारीमा दुर्लभ रेडपान्डा रहेको अनुमान गरिएको छ । रेडपान्डा संरक्षण गर्न नेटवर्कको सहयोगमा प्रत्येक गाविसमा एकदेखि तीन जनासम्म गरी १४ वन अभिभावक राखिएको छ । रेडपान्डा संरक्षणका लागि संरक्षण संस्थाले उच्च कोटीका क्यामेरा जडान गरेको छ । हेर्दा अति लजालु स्वभाव भएको यो जनावर रूखका हाङ्गामा बस्ने गर्छ । यतिबेला रेडपान्डाको प्रजनन समय भएकाले तीन महिनासम्मका लागि जमुनाको चोयाटार सामुदायिक वनले पर्यटक आवतजावतमा रोक लगाएको स्थानीयवासी कुमार गुरुङले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies