लहान । सिरहाको सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई आज बिहान रु पाँच हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
घरायसी प्रयोजनका लागि भारतीय बजार लदनियाँबाट समान ल्याउन सहयोग गरिदिने भन्दै स्थानीयवासीसँग लिएको घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीको टोलीले प्रहरी यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका प्रहरी जवान यादवलाई आवश्यक अनुसन्धानका लागि अख्तियारको बर्दिवास कार्यालय लगिने अख्तियारले जनाएको छ । यसअघि आयोगको टोलीले करिब रु १९ लाख घुससहित लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख विनोद शाहसहित तीन इञ्जिनीयरलाई पक्राउ गरेको थियो ।
भत्काइयो घर टहरा
सिरहाको लहान नगरपालिका– ८ स्थित सार्वजनिक बाटो अतिक्रमण गरी लामो समयदेखि बनाइएका घर टहरा आज भत्काइएको छ । लहान नगरपालिका कार्यालय र स्थानीय प्रशासनले संयुक्त रुपमा सार्वजनिक बाटो र एलानी जग्गामा स्थानीयवासीद्वारा निर्माण गरिएका घर टहरा भत्काएका हुन् ।
वडा नं ८ स्थित रोड नम्बर–२ मा ढल नाला निर्माण तथा सडक विस्तार गर्ने कार्य अतिक्रमण गरी बनाइएका घर टहराका कारणले अवरोध भइरहेको भन्दै स्काभेटर लगाएर भत्काइएको हो । नगरपालिका तथा सम्बन्धित वडा कार्यलयले पटक–पटक अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दै आए पनि भत्काउन अटेर गर्दै आएकाले त्यस्ता संरचना भत्काइएको वडा नं ८ का अध्यक्ष विजयकुमार महतोले जानकारी दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: