Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

राहत नपाएपछि भूकम्पपीडित चिन्तित

\"chitwan_20140109115903\"२२ असार, रत्ननगर । चितवनको विकट क्षेत्रका भूकम्पपीडितले भूकम्प गएको दुई महिना बित्दा पनि अझै सरकारी राहत पाउन सकेका छैनन् । अहिले राहत रकम उपलब्ध नहुँदा वास्तविक पीडित झन् पीडित भएका छन् । चितवनको दारेचोक सोराथोकका स्थानीय हरि गुरुङले राहत नपाएको भन्दै दुखेसो पोखे । सबै घर ढलेर अहिले अस्थायी टहरामा बसिएको भएपनि सरकारी निकायको राहत नआइपुगेको उनको भनाइ छ । घर पूर्ण क्षति भएकालाई सरकारले १५ हजार दिने व्यवस्था गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले गाविसको खातामा पैसा पठाएपछि अपुग रकम भन्दै गाविसले बाँड्न सकेको छैन । पहिलो चरणमा गरिएको गणनामा ६१० घरधुरी पूर्ण क्षति भएको विवरण सङ्कलन गरिएकोमा दोस्रो पटक पुनः अनुगमनमा थप ६१८ घर पूर्णक्षति भएको विवरण आएपछि राहत वितरणमा समस्या भएको छ । जिल्लाको पहाडी क्षेत्रमा सबैभन्दा बढी क्षति भएको गाविस दारेचोक हो । चितवनको दारेचोकमा दोस्रो चरणमा गरिएको पुनः विवरण सङ्कलनमा पूर्ण क्षतिको विवरण दोब्बर बढेको छ । कुल एक हजार २२८ घरधुरी पूर्णक्षति र आंशिक क्षति २०० भन्दा बढीलाई आवश्यक पर्ने रकम उपलब्ध हुन नसक्दा दारेचोकमा समस्या परेको गाविस सचिव नीलकण्ठ लामिछानेले बताए । यसका कारण राहत वितरण रोकिएको छ । \'पहिलेको तथ्याङ्कअनुसार राहत रकम करिब ५५ लाख आएको थियो, अहिले सबैलाई राहत दिनका लागि दुई करोड ७९ लाख लाग्ने भयो, त्यसैले राहत बाँड्न नसकिएको हो\', सचिव लामिछानेले भने । उक्त गाविसको धुसा, तीनघरे, वरेक र तल्लो डुँडेका ५८ घर स्थानान्तरणका लागि कुरिनटारको सर्वशान्ति मावि क्षेत्रमा राख्ने निर्णयसमेत अहिले विवादित भएको छ । आफ्नो क्षेत्रमा राख्न नहुने उच्च माविले बताउँदै आएको छ । चितवनमा अहिलेसम्म २३ हजार घर क्षति भएको तथ्याङ्क छ । अन्य गाविसमा समेत यस्तै समस्या रहेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy