Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

विकासले सम्पदा विनाश गर्याे : पूर्वराष्ट्रपति यादव

भक्तपुर । पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको औल्याएका छन् ।

भक्तपुरको कमलविनायकस्थित भोकेशनल एकेडेमीमा शनिबार रवीन्द्र पुरी फाउण्डेशन फर कन्जरभेशनको १०औँ वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराईको चुरेदेखि पहाडको डाँडासमेत नासिदै गएकोमा चिन्ता व्यक्त गरे ।
पूर्वराष्ट्रपति यादवले भने, “अन्नको भण्डारको रुपमा लिइने तराई र काठमाडौँ उपत्यकामा अन्न रित्तिसक्यो, ढुङ्गेधारादेखि पानीको स्रोत सबै सुकिसक्यो, तराईदेखि पहाडसम्मका प्राकृतिक स्रोत, सम्पदा र साधनको विनाशले कस्तो अवस्था अवस्था आउला, त्यही सम्झेर चिन्ता लाग्छ ।”

कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले सम्पदाको संरक्षण गरी रवीन्द्र पुरीले देशलाई योगदान पुर्याएको चर्चा गर्दै प्राचीनकालदेखिको सम्पदालाई जोगाउनुपर्नेमा विशेष जोड दिए । परम्परागत, पुरातात्विक सम्पदा र परम्परागत मौलिक बोकेको घरहरु मासिदै जानु र नेपालको मौलिकता, परिचय नभएका ठूल्ठूला घरहरुको निर्माण हुनु आत्मा नभएको शरीर उभिएजस्तै भएको उनले टिप्पणी गरे ।

नेपालस्थित जर्मन राजदूत रोल्याण्ड सहिफरले पुरीले सम्पदा संरक्षणमा पुर्याएको योगदानको चर्चा गर्दै नेपालको सुन्दरता, मौलिक संस्कृतिलाई जोगाउन सहयोग गर्ने बताए । शिक्षाविद् केदारभक्त माथेमाले सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउँदै सरकारको शिक्षाको विकासमा आवश्यकताअनुसार ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष पुरीले सम्पदाको संरक्षणमा अझै पनि सरकारका कतिपय निकाय र व्यक्तिले असहयोग गरेको बताउँदै जीवन रहेसम्म सम्पदा संरक्षणमा निरन्तर लागिरहने बताए । उनले आफ्नो जीवनमा चलअचल रु ४० करोड सम्पत्ति रहेकामा रु २० करोड फाउण्डेशनलाई दान दिएको घोषणा गर्दै आफ्नो जीवनभरमा एक हजार नेपाली परम्परागत एवं मौलिक घर तथा संरचना बनाउने र वार्षिक एक हजार जनालाई सीपमूलक तालीम प्रदान गर्ने जानकारी दिए ।
संस्थालाई सहयोग गर्ने रेनर ब्रुस्त, देवेन्द्र भट्टराई, रोशन श्रेष्ठ, राजकुमार श्रेष्ठ, विनोदप्रसाद सत्याल, रमेश शिल्पकार, सुरेन्द्र कोण्डा, घनश्याम खड्का र कर्ण अवाललाई सम्मान गर्नुका साथै रेड मुन नामक पत्रिकाको विमोचन गरिएको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE