बेझाड । पाल्पाको बगनासकाली गाउँपालिकाका कृषक व्यावसायिक कुरिलो खेतीमा आकर्षित भएका छन् । स्वास्थ्यका लागि फाइदाजनक र आम्दानी राम्रो हुने भएपछि यहाँका कृषकले व्यावसायिक तवरबाट कुरिलो खेती गर्न थालेका छन् ।
वडा नं ८ बराङ्दी क्षेत्रमा कुरिलो खेतीतर्फ कृषकको आकर्षण बढ्दो छ । बजारमा कुरिलोको माग बढ्दो र बजार मूल्य राम्रो पाएपछि यहाँका कृषक यस खेतीप्रति आकर्षित भएका हुन् । स्थानीय जीवलाल घिमिरेले तीन रोपनी क्षेत्रमा व्यावसायिक रुपमा कुरिलो खेती गरेका छन् । कुरिलो बिक्रीबाट गत वर्ष रु पाँच लाखको आम्दानी गर्न सफल भएको उनी बताउछन् ।
यहाँ उत्पादन भएको कुरिलो बुटवल बजार, बुटवलको भाटभटेनी र तानसेन बजारबाट माग आउने गरेको कृषक लुमकला घिमिरे बताउछिन् । प्रतिकिलो रु चार सयमा गाउँबाटै कुरिलो बिक्री भइरहेको छ । घिमिरेले जेटिएको जागिर छाडेर कुरिलो खेती गरेका हुन् । उनले विभिन्न ठाउँठाउँमा कुरिलो खेतीसम्बन्धी तालीम पनि दिने गर्छिन् ।
सोही ठाउँकै केशवमणि बस्यालले छिमेकीले कुरिलो खेती लगाएर राम्रो कमाई गरेको देखेपछि गत वर्ष ८५ बोट कुरिलोका बिरुवा लगाएको छन् । यस वर्ष करीब दुई सय बोट कुरिलो पुर्याउने उनको लक्ष्य छ । “पहिलो वर्षमा नै नसोचेको उत्पादन भयो, घरायसी प्रयोजन, आफन्त, छिमेकीलाई कोशेलीका रुपमा नयाँ उत्पादन दिएर पनि केही बजारमा बिक्री गरियो, अब बिस्तारै बर्सेनि व्यावसायिक तवरले कुरिलो बढाउँदै जानेछु”, बस्यालले भने ।
अन्नबाली लगाएर उत्पादन राम्रो लिन नसकिने जग्गामा साबित्रा बस्यालले कुरिलो लगाउन थालेका छन् । उनले परीक्षणका रुपमा ९० बोटमा कुरिलो खेतीको व्यवसाय शुरु गरिन् । उनी राम्रो उत्पादन हुन थालेपछि यो वर्ष तीन सय बिरुवा थप गर्ने गरी बेर्ना तयार पार्दै छिन्। अन्य तरकारी बालीको तुलनामा कुरिलो खेतीबाट दोब्बर बढी आम्दानी लिन सकिने हुँदा कुरिलो खेतीलाई नै प्राथमिकता दिने उनको भनाइ छ ।
थोरै समय मिहिनेत गरेपछि प्रतिफल राम्रो पाइने, स्वास्थ्यका लागि अति उपयोगी, बजार भाउ राम्रो रहेकाले कुरिलो लगाएर कृषकले मनग्य आम्दानी गर्न सक्ने कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउछिन्। एकपटक लगाएपछि लामो समयसम्म उत्पादन लिन पाइने हुँदा कुरिलो व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने कृषि प्राविधिक बताउँछन् । भिरालो पानी नजम्ने जमीनमा यसको उत्पादन राम्रो हुन्छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: