Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

भारत र पाकिस्तानबीच ‘प्रोक्सी वार’, मोदीले आफ्ना सेनाको औकात बताएसँगै इमरानले दिए कडा चेतावनी

काठमाडौं । भारत र पाकिस्तानबीच फेरि एक पटक छद्म युद्ध ‘प्रोक्सी वार’को स्थिति बनेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘पाकिस्तानी सेनालाई धुलो चटाउन बेर नलाग्ने’ भनाई सार्वजनिक गरेपछि दुई देशबीच युद्धको स्थिति बनेको हो ।

मोदीले पाकिस्तानी सेनालाई सकाउन हप्ता/दश दिन नलाग्ने बताएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सेनालाई सामान्य नठान्न चेतावनी दिएका छन् । उनले कसकाे सशस्त्र शक्ति कति भन्ने कुरा अनुमानमा नभन्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्री इमरान खानले भनेका छन्, ‘कुनै पनि देशको तागत र त्यो देशको सशस्त्र बलको शक्तिबारे अनुमान लगाउनु मुर्खता हुन्छ । अनुमान लगाउनु मुर्खता भएजस्तै अनुमानबारे टिप्पणी गर्नु त्योभन्दा बढि मुर्खता हुन्छ ।’

उनले भारतीय प्रधानमन्त्री मोदीलाई सरकारको आलोचनाबाट बच्नको लागि पाकिस्तानको विरोधमा कुरा गरेर समय बिताएको आरोप लगाएका छन् । इमरानले मोदीको शैली अराजनीतिक खालको भएको पनि टिप्पणी गरेका छन् ।

मोदीले पाकिस्तानी सेनालाई धुलो चटाईदिने बताएका थिए

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्रीलाई भारतको विरुद्ध ‘प्रोक्सी वार’ सुरु गरेको आरोप लगाएका थिए । मोदीले मंगलबार पाकिस्तानी प्रधानमन्त्री इमरानबारे टिप्पणी गर्दै गर्दा पाकिस्तानी सेनालाई धुलो चटाउन भारतीय सशस्त्र बललाई हप्ता/दश दिन नलाग्ने बताएका थिए ।

मोदीको भनाई सार्वजनिक भएसँगै पाक विदेश कार्यालयले आफ्नो धारणा सार्वजनिक गरेको थियो । पाकिस्तानी विदेश कार्यालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई सनकभन्दा केहि नभएको टिप्पणी सार्वजनिक गरेकाे थियाे । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy