Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

केन्द्रीय समितिमा प्रचण्डको त्यो सम्बोधन –जसले सबैलाई चित्त बुझायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय सदस्यले जितेको र आफूहरूले हारेको बताएका छन्। केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरूले उठाएका एजेण्डामै रहेर निर्णयहरू भएको बताए।

मञ्चमा दुई अध्यक्षको फोटो राखिएको विषयमा केन्द्रीय सदस्यहरूले उठाएको प्रश्न इंगित गर्दै प्रचण्डले सदस्यहरूले जितेको र आफूहरूले हारेको बताएका थिए। बैठक हलमा राखिएका दुई नेताका तस्वीरले राजसंस्थाको झल्को दिएको भन्दै केन्द्रीय सदस्य राजेन्द्र राई, जगन्नाथ खतिवडा, लेखनाथ न्यौपाने लगायतले विरोध गरेका थिए।

त्यस्तै केन्द्रीय समितिमा सदस्यहरूले उठाएका विषयमा छलफल हुँदैन, सदस्यले बोलेका कुरा गम्भीरतापूर्वक लिइँदैन भन्ने आशंका पनि निवारण भएको प्रचण्डले दाबी गरे। बैठकले सर्वसम्मतिले निर्णय गरेको छ। तपाईंहरूको कुरा सुनुवाइ भएको छ। त्यस अर्थमा तपाईंहरूले जित्नुभएको छ।’ अधिकांश केन्द्रीय सदस्यले दलाल (पुँजीपतिको घेरामा नेतृत्व परेको छ भनेको सुन्दा छाती चसक्क भएको समेत उनले बताए। कतिपय कुरा त तपाईंहरूले यति धेरै नभनेको भए हुन्थ्यो जस्तो पनि लाग्यो।

हामी दलाल-पुँजीपतिका घेरामा परेको आरोप सुन्दा यो सबै छोडेरै हिडौं जस्तो पनि लाग्यो, किनकि हिजो पनि छाडेकै हो,’ प्रचण्डका भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘फेरि हामीले छाडेर अलपत्र पारेर पनि भएन। हामीले बीचमा छाडेर हिँड्ने होइन भन्ने पनि लागेको छ।’ पछिल्ला दिनमा तीव्र आलोचना भएको यती होल्डिङ्सको विषयमा रक्षामन्त्री इश्वर पोखरेलसँग कुरा भएको भन्दै प्रचण्डले यसबारे रक्षामन्त्रीले श्वेतपत्र जारी गर्ने तयारी गरेको जानकारी दिए।

राजनीतिक प्रतिवेदनमा प्रचण्डले अमेरिकाले चीनलाई घेर्ने रणनीतिका साथ इण्डो प्यासिफिक रणनीति ल्याएको उल्लेख गरेका थिए। राजनीतिक प्रतिवेदनबाट यो वाक्यांश हटाएको समेत उनले जानकारी दिए। धेरै केन्द्रीय सदस्यले यो विषय हटाउन माग गरेका थिए।

राज्यका संयन्त्रका कारण काम गर्न चाहँदा पनि कतिपय काम गर्न सकिने अवस्था नरहेको प्रचण्डको भनाइ छ। मन्त्रीकै कुरा सुन्दा दया लागेर आउने भन्दै प्रचण्डले मन्त्रालय र त्यसका काम मन्त्रीको हातमा मात्रै नरहेको समेत बताए। पार्टी्भित्र विचारको गुटभन्दा पनि स्वार्थ केन्द्रित गुट रहेकाले यसलाई भत्काउन पर्ने प्रचण्डले बताएका थिए।

प्रचण्डले निर्वाचन प्रणालीका विषयमा पनि आफ्ना धारणा राखेका थिए। उनले पार्टीभित्र र बाहिरको पनि निर्वाचन प्रणालीमा सुधार जरूरी रहेको बताएका थिए। प्रचण्डले सरकारले गरेका काममा सन्तुष्ट हुने अवस्था नरहेको पनि संकेत गरेका थिए।

श्रमजीवि वर्गको मन जित्ने गरफ काम गर्न नसकेमा पार्टी बडारिने चेतावनी दिँदै उनले घुमाउरो गरी सरकारको आलोचना गरेका थिए। पार्टीलाई ’लेभी’का रूपमा पूर्व एमाले सांसदहरूले मासिक १३ हजार र पूर्व माओवादी सांसदले १२ हजार रुपैयाँ बुझाउँदै आएकोमा अब सबैका लागि १२ हजार रुपैयाँ कायम गरिएको प्रचण्डले बताए।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending