Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

अख्तियार बन्न पूर्व गृह सचिवको दौडधुप

काठमाडौं। गृह सचिव प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त बनाउने स्रोतले जनाएको छ। हालको प्रमुख आयुक्त नवीन घिमिरेको अवकासपछि उनको ठाउँमा राई लाने उच्च स्रोतको दाबी छ। अख्तियार प्रमुख घिमिरेको म्याद छिट्टै सकिँदै छ।

राईले भर्खरै मात्रै यही माघ २० गतेबाट लागू हुने गरी मुख्यसचिव लोकदर्शन रेग्मी समक्ष नेपाल सरकारको सचिव पदबाट राजीनामा दिइसकेका छन्। स्रोतअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नै गृह सचिव राईलाई प्रमुख आयुक्त बनाउने सोचमा रहेका छन्।

राई प्रधानमन्त्री ओली र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङका विश्वास पात्र हुन्। प्रधानमन्त्री ओलीले राईलाई मुख्य सचिव बनाउने तयारी गरेका थिए। तर, यही माघ २२ गतेबाट नियमित अवकाशमा जाने भएपछि उनी मुख्य सचिव नहुने पक्का भएको हो।

यसअघि पनि अख्तियारको प्रमुख आयुक्तमा राईलाई लैजाने चर्चा चलेको थियो। तर कामु प्रमुख आयुक्त नवीन घिमिरेलाई प्रमुख आयुक्त बनाइएको थियो। लामो समय गृह मन्त्रालयमा रहेका सचिव राईलाई राजनीतिक नेतृत्वको पहुँच राखेर सुविधाजनक जिम्मेवारी लिने गरेको आरोप लाग्ने गरेको छ ।

केही समय अघि सार्वजनिक भएको बालुाटार जग्गा काण्डमा राईको समेत नाम मुछिएको थियो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयोग गरी अख्तियारको अनुसन्धान प्रकृयाबाट आफ्नो नाम हटाएका थिए । पछिल्लो समय उनी गृहमन्त्रालयमा गृहसचिवको रुपमा काम गरेपनि विहान बेलुकी रिपोर्ट बुझाउन बालुवाटार जाने गरेको र गृहमन्त्री राम बहादुर थापालाई नटेर्ने गरेको आरोप थियो ।

नेकपाकै निगाहामा विभिन्न सुविधाजनक जिम्मा लिएका उनले पछिल्लो समय नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत मानेका थिएनन् । उनले प्रचण्डको गृहजिल्लामा प्रचण्डलाई नै रिप लेख्ने एसपीलाई सरुवा गरेर पठाएपछि प्रचण्ड समेत राईसँग सन्तुष्ट छैनन् । तर राई भने प्रधानमन्त्री ओलीसँगको निकटताका कारण प्रमुख हुनका लागी दौडधुप गरिरहेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: