काठमाडौ । सरकारले यातायात व्यवसायीको एकाधिकार अन्त्य गरेको दुई वर्ष पुग्न लाग्दासमेत काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधनको ‘रुट’ व्यवस्थापन गर्न सकेको छैन ।
‘रुट’ व्यवस्थापन हुन नसक्दा कतिपय स्थानमा सवारीसाधन आवश्यकताभन्दा बढी चल्ने त कतिपयमा सवारीसाधन कम हुँदा यात्रु हैरान छन् । विसं २०७५ वैशाखसम्म सार्वजनिक सवारीसाधनलाई ‘रुट’ इजाजत दिने काम यातायात व्यवसायी समितिले गरेका थिए । दुई वर्ष पहिले सरकारले महासङ्घ र समितिको एकाधिकार हटाउने निर्णय गरेसँगै यातायात व्यवस्था कार्यालयले ‘रुट’ का लागि अनुमति दिइरहेका छन् । सरकारले ‘रुट’ निर्धारण गरिनसकेकाले अहिलेसम्म व्यवसायीले मागेकै ‘रुट’ मा सार्वजनिक सवारीसाधन सञ्चालन गरिरहेका छन् । यसले गर्दा कतै बढी सवारीसाधन हुँदा यातायात व्यवस्थापनमा कठिनाइ भएको छ भने कतै सवारीसाधन कम हुँदा यात्रुले घण्टौँ कुर्नुपर्ने बाध्यता छ ।
‘रुट’ व्यस्थापनका लागि आवश्यक छलफल भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादूर हमालले बताए । समग्र रुट व्यवस्थापन गर्नु सहज विषय नभएकाले समय लागेको उनले बताए । रुट व्यवस्थापनभित्र कुन रुटमा कति क्षमताका र कति सवारीसाधन चल्ने भनी निर्धारण हुने उनले बताए । कुनै पनि ठाउँमा त्यहाँको जनसङ्ख्या, सडकको अवस्था, चौडाइलगायतलाई आधार मानेर ‘रुट’ निर्माण भइरहेको र शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रसम्मका यात्रुलाई सुविधा दिन ‘रुट’ निर्धारण गर्ने तयारी भइरहेको छ । उनले भने, “केही समयमा यसको कार्यविधि बनेपछि सबै सहज हुने हामीले आशा लिएका छौँ ।”
काठमाडौँ उपत्यकाकै पाँच वर्षको यातायात व्यवस्था गर्ने गरी सरकारले यातायात प्राधिकरण गठन गर्दैछ । प्राधिकरण गठनभन्दा पहिले नै रुट निर्धारण गरिसकिने विभागले बताउँदै आएको छ ।
रुट व्यवस्थापनकै लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले गठन गरेको समितिले गत वर्ष नै प्रतिवेदन दिएको थियो । यातायात व्यवस्था विभागका प्रतिनिधि, एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका प्रतिनिधि, यातायातविज्ञलगायत सरोकारवालालाई समेटेर सो समिति गठन गरिएको थियो । उक्त समितिले प्राथमिक, सहायक र ग्रामीण गरेर तीन खालका ‘रुट’ बनाउनुपर्ने सुझाव दिएको थियो । तीन वटामध्ये प्राथमिकमा नौ तय भए पनि सहायक र ग्रामीणमा कति ‘रुट’ राख्ने र एउटामा कति र कस्ता सवारीसाधन सञ्चालन गर्न दिने भन्ने निर्धारण हुन सकेको थिएन ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: