Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

काठमाडौँ उपत्यकामा तीन सुविधासम्पन्न शौचालय बनाउँदै ‘एनआरएन’

काठमाडौ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले मानिसको अत्यधिक भीड हुने काठमाडौँ उपत्यकाका तीन स्थानमा अत्याधुनिक सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । शौचालय निर्माणका लागि काठमाडौँ महानगरपालिकासँग स्थानको माग गरिए पनि निर्माणमा लाग्ने सम्पूर्ण खर्च भने सङ्घले नै व्यहोर्ने छ ।

चार स्थानमा निर्माण गर्ने लक्ष्य रहे पनि पहिलो चरणमा कलङ्की र कोटेश्वरमा शौचालय निर्माण गरिने छ । ती दुई स्थानका लागि आगामी हप्ता बोलपत्र आह्वान गर्ने तयारी छ । त्यसैगरी सङ्घले चाबहिलमा चाहे पनि निर्माणका लागि कामपाले स्वीकृति दिएको छैन । महाराजगञ्जमा भने दोस्रो चरणमा निर्माण गरिने एनआरएनका अध्यक्ष कुमार पन्तले जानकारी दिए । अध्यक्ष पन्तले भने, “निर्माण गर्न लागिएका सबै शौचालयहरु लैङ्गिकमैत्री, शारीरिक अपाङ्गमैत्री र बालबालिकाले समेत सहज प्रयोग गर्न सक्ने खालका हुन्छन् ।”

अध्यक्ष पन्तका अनुसार एउटा शौचालय निर्माणका लागि रु ६५ लाख लाग्ने छ । एउटा शौचालय निर्माणका लागि तीन महिना लाग्ने अनुमान गरिएको छ । बढीमा आगामी आठ महिनामा सर्वसाधारणले राम्रो शौचालय प्रयोग गर्न पाउनेछन् । शौचालय निर्माणपछि व्यवस्थापनको जिम्मा भने कुनै एक कम्पनीलाई दिने निर्णय भएको एनआरएनका सहायक कार्यक्रम अधिकृत कुनाल मिश्रले जानकारी दिए ।

राजधानी काठमाडौँ सञ्चालनमा रहेका सार्वजनिक शौचालयमा पानी अभाव हुँदा अत्यन्तै फोहर र दुर्गन्धित छ । प्रायः शौचालयहरुमा हात धुन साबुन पनि राखिएको पाइँदैन। सबैले प्रयोग गर्न नसक्ने हुनाले अत्याधुनिक शौचालय निर्माण गर्न लागिएको कार्यक्रम अधिकृत मिश्रले बताए । एक पटकमा बढीमा सात जनासम्मले प्रयोग गर्न सक्ने गरी निर्माण गर्न लागिएको उक्त शौचालय प्रयोग गर्नका लागि न्यून शुल्क लाग्ने भए पनि कति भन्ने विषयमा निर्माणपछि मात्र निश्चित हुने जनाइएको छ ।
६९ स्थानमा सिफारिश

चार वर्षदेखि सार्वजनिक शौचालय निर्माणबारे छलफल गर्दै आएको काठमाडौँ महानगरपालिकाले पनि सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेको छ । नयाँ शौचालय निर्माणसँगै मौजूदा सार्वजनिक शौचालयको गुणस्तर सुधार गरिने, तिनमा पहुँच बढाइने तथा पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थानमा सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने कामपा उपप्रमुख हरिप्रभा खड्गीको भनाइ छ ।

अघिल्लो वर्ष नै सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख श्रेष्ठलाई जिम्मेवारी दिइएको थियो । चालु आर्थिक वर्षमा कामपाले सार्वजनिक शौचालय निर्माणका लागि रु तीन करोड विनियोजन गरेको छ । पछिल्लो समय कामपाले शहरी योजना आयोग गठन गरी सार्वजनिक शौचालय निर्माणका लागि काम अघि बढाएको जनाए पनि हालसम्म ढाँचा, लागत र स्थानको अध्ययन मात्र गरेको छ ।

शौचालय निर्माणका लागि योजना आयोगसहित विभिन्न सङ्घसंस्थाले केही महिनाअघि गरेको अध्ययनानुसार मानिसको सङ्ख्याका आधारमा सार्वजनिक शौचालय अत्यन्तै कम रहेकाले निर्माणको काम शुरु गर्नुपर्ने छ । शौचालय सञ्चालनका लागि कामपासँग जग्गा कम भए पनि विभिन्न सरकारी तथा संस्थानका जग्गा भाडा वा अन्य विधिबाट प्राप्त गरी सार्वजनिक शौचालयको विस्तार गर्न पहल गरिहाल्नुपर्ने अध्ययनले देखाएको छ । हाल कामपामा ५८ सार्वजनिक शौचालय सञ्चालनमा छन् । सञ्चालमा रहेकामध्ये २८ प्रयोगमा रहेको र तिनमा पनि सरसफाइको अभाव छ । नेपाल आयल निगम, कर्मचारी सञ्चय कोष, सांस्कृतिक संस्थान, गुठी संस्थान, त्रिभुवन विश्वविद्यालयलगायत संस्थासँग सहकार्य गरी सार्वजनिक शौचालय निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनअनुसर आवश्यकता हेरी ६९ स्थानमा नयाँ शौचालय निर्माण गर्न सकिने छ । निर्माणका लागि छ नमूना तयार भएको छ । सबै नमूनाको अध्ययन गरी कम लागतमा टिकाउ शौचालय निर्माण कामपाको छनोटमा रहने उपप्रमुख खड्गीले बताए । अध्ययनानुसार सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक स्थानमा टेकु, सानेपा पुल नजीक, कालीमाटी, कलङ्की, सीतापाइला, बालाजु, माछापोखरी, गँगबुँ, महाराजगञ्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरी, गौशाला, तीनकुने, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुनधारा एनएसीतर्फ, जुद्ध शालिक वरपर, हनुमानढोका, जमल, लैनचौर, स्रोह्रखुट्टे, बल्खु तथा कुलेश्वरलगायतलाई चयन गरिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE