Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

किन एक्ला–एक्लै नेताहरुलाई भेट्दै छन् ओली ?

काठमाडौं । नेकपा पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय नेताहरुलाई फकाउने रणनीतिमा लागेका छन् । त्यसका लागि उनले पार्टीका नेताहरुसँग एक्ला–एक्लै भेट गर्न थालेका छन् ।

भैंसेपाटी भेला र पार्टीको केन्द्रीय कमिटी बैठकसँगै एक्लीएको महसुस गरेका ओलीले नेताहरुसँग ‘वान इन वान’ वार्ता थालेका हुन् । उनले आफुँसँग असन्तुष्ट मानिएका नेताहरुसँग बेग्ला–बेग्लै वार्ता थालेका छन् । पार्टीका नेताहरुलाई भेटको लागि अत्यन्तै थोरै समय दिने ओली पछिल्लो समय ४/५ घण्टे भेटवार्तामा जुटेका छन् ।

बोलचालसम्म नभएका नेपालसँग चार घण्टा लामो कुराकानी

ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध अत्यन्तै नराम्रो मानिन्छ । भेटघाट मात्रै होइन् बोलचालसमेत नहुने ओली र नेपालबीच गएको सोमबार निकै लामो भेटवार्ता भएको छ । ओलीको आग्रहमा प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच करिब ४ घण्टा लामो कुराकानी भएको थियो ।

गत ५ भदौमा सचिवालय बैठकमै चर्को भनाभन भएसँगै ओली र नेपालबीच बोलचालसमेत बन्द भएको थियो । गत कात्तिक २७ मा ओली र नेपालबीच सामान्य कुराकानी भएको भएपनि दुईबीचको सम्बन्ध भने असामान्य नै थियो ।

सोमबार भएको भेटमा ओलीले नेपालसँग पार्टी र सरकार सञ्चालनको बारेमा निकै गम्भिर कुराकानी राखेको नेकपा स्रोत बताउँछ । भेटमा ओलीले माधव नेपालसँग चिसिएको सम्बन्धलाई सामान्यीकरण गर्न विभिन्न राजनीतिक प्रस्तावसमेत राखेको विषय चर्चामा छ ।

यसअघि उनले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतमसँग पनि बेग्ला–बेग्लै भेटघाट गरेका थिए ।

भैंसेपार्टी भेलासँगै एक्लो परे ओली

सभामुख चयन प्रक्रिया नेकपाभित्र अन्यौंल भईरहँदा गत पुस २३ मा सचिवालय सदस्य वामदेव गौतम निवास भैंसेपाटीमा ओली इतरका नेताहरुको छुट्टै भेला भएको थियो । भेलामा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसहितका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

भैंसेपाटी भेलाले देखिने गरि सभामुख चयनमा ‘एक्सन’ लिएको भएपनि पार्टी र सरकार सञ्चालनमा पनि ओलीको एकलौटी शैली तोड्ने निर्णय गरेको थियो । जसको नतिजा लगत्तै सभामुख चयनमा देखिएको थियो ।

सभामुख चयनको लागि भनि डाकिएको सचिवालय बैठक ओलीले बहिस्कार गरेपनि निर्णय भने ओलीविरुद्ध मै भयो । सभामुखमा अग्नी सापकोटाको आगमन भैंसैपाटी भेलाको नतिजा थियो । जसमा ओली पुरै एक्लो परेका थिए ।

एक्लो हुनुको पछाडि एमसीसी प्रकरण पनि

नेकपा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपि शर्मा ओली अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संघिय संसदबाट अनुमोदन गरेर तत्कालै कार्यान्वयनमा लैजानुपर्ने लाईनमा छन् । उनले सार्वजनिक रुपमै एमसीसी सम्झौतालाई अनुमोदन गर्नुपर्ने धारणा राखिरहेका छन् । पटक–पटकका सचिवालय बैठकहरुमा पनि उनले सम्झौता कार्यान्वयन तत्कालै गर्नुपर्ने धारणा राखेका थिए ।

पार्टीको स्थायी कमिटी बैठक र हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा पनि ओलीले एमसीसी सम्झौताको पक्षमा आफ्नो भनाई राखेका थिए । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले एमसीसीबाट आउने अरबौं रुपैयाँ तुरुन्तै ल्याउनुपर्ने धारणा राखेका थिए ।

यसअघि सभामुख चयन प्रक्रिया लम्बिरहँदा ओलीले एमसीसी सम्झौतालाई पास गर्ने व्यक्ति मात्रै सभामुख हुनुपर्ने धारणा राखेको विषय बाहिर आएको थियो । ओलीले सभामुख निर्वाचित भएलगत्तै संसदमा गरेको सम्बोधनमा पनि एमसीसी सम्झौतालाई तत्कालै अनुमोदन गर्ने प्रक्रियामा लैजान आग्रह गरेका थिए ।

नेकपाभित्र बहुमत सचिवालय सदस्य, स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी सदस्य एमसीसी सम्झौता तत्कालै अनुमोदन गर्न नहुने पक्षमा बोलीरहँदा ओलीले एकोहोरो एमसीसीको पक्षमा लबिङ्ग गरिरहेका छन् ।

एमसीसी सम्झौताको पक्षमा एकोहोरो लाग्नु नै ओलीको लागि निकै घाटाको सौदा भएको छ । जसको पछिल्लो घटना सचिवालयबाट एक्लीँदै जानु, स्थायी समितिमा एक्लो पर्नु र केन्द्रीय कमिटीमा आमन्त्रित नेताजस्तो हुनु नै हो । उनले लिएको पछिल्लो एजेण्डाले नेकपाभित्र भएको धुव्रीकरणले उनि एक्लो किनारा पर्दै गएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy