Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

वादी बस्तीका बालक भन्छन्, ‘पढेर के हुन्छ ? माछा बेचेर पैसा आउँछ, चाहेको कुरा किनेर खान पाइन्छ’

\"jajarkot_district\"२३ असार, जाजरकोट । गेनकोट–१ दल्लीमा नलसिंहगाडको तिरमा वादी बस्ती छ । बस्तीमा पाँच दर्जन बालबालिका छन् । तर, कोही पनि विद्यालय जाँदैनन् । केहीले विद्यालयमा नाम लेखाए पनि अधिकांशले नामसमेत लेखाएका छैनन् । विद्यालय नगएर वादी बालबालिका माछा मार्न नलसिंहघाट र भेरी नदी जाने गर्छन् । माछा मार्नु वादी बालबालिकाको दैनिकी बनेको छ । यो उनीहरूको रहर नभई बाध्यता हो । अभिभावकसँग बालबालिकाले पनि माछा मार्ने काम नगरे परिवारमा गर्जो टर्दैन । ‘परिवारका सबैले माछा नमारे त पेट भर्ने र जिउ ढाक्ने समस्या हुन्छ’, स्थानीय प्रेम वादीले भने, ‘यो हाम्रो बाध्यता हो, माछा मारेर नै जीवन गुजारा हुन्छ, अरू काम गर्नलाई उपाय पनि छैन, छोराछोरी पनि यसैमा लाग्छन् ।’ परिवारका ठूलाले जाल र महाजालको प्रयोग गरेर माछा मार्ने गर्छन् । बालबालिका भने खोला र नदीमा पासो थापेर माछा मार्ने गर्छन् । यसरी माछा मारेर नै वादी समुदायको जीविकोपार्जन हुन्छ । विद्यालयमा नाम लेखाएका वादी बालबालिकासमेत दिनभर नदी र खोलामा रमाउने गर्छन् । तर, विद्यालय नगए पनि उदार कक्षोन्नति नीतिका कारण ती बालबालिका कक्षा उक्लने क्रम भने रोकिएको छैन । नाम लेखाएकाले दलित छात्रवृत्ति पनि नियमित पाइरहेका छन् । वादी समुदायको बस्ती नजिकै कालिमाटी बजार छ । उनीहरू माछा मार्ने बित्तिकै बजारमा लगेर रु ३५० किलोमा बिक्री गर्छन् । ‘पढेर के हुन्छ ? माछा बेचेर पैसा आउँछ, मन लागेको कुरा किनेर खान पाइन्छ’, १२ वर्षीय बालक हीरा वादीले भने । उनले आफूले कमाएको पैसा खर्च गरेर बचेपछि आमाबुबालाई दिने गरेको बताए । अहिलेसम्म यो समुदायमा कोही पनि एसएलसी उत्तीर्ण भएका छैनन् । विद्यालय गएका बालबालिकाले पनि ५ कक्षा पछि पढाइ छाड्ने गरेको अभिभावक बताउँछन् । ‘विद्यालय पठाएर के गर्नु ? पढ्नै मान्दैनन् स्थानीय बुद्धिमान वादीले भने, ‘पढ्नुभन्दा माछा मारेर पैसा कमाउन रहर गर्छन् ।’ आफ्ना छोराछोरी पढाउने ठूलो रहर भए पनि पढाउनै नसक्ने अवस्था भएको स्थानीय विष्णु वादीले बताए । ‘न बाबाले पढे न बाजेले पढे, यी केटाकेटीले त पढ्लान भनेको पढ्नै मान्दैनन्, स्थानीय विद्यालयका शिक्षक डिल्ली गिरीले भने । आफूहरूले जति प्रयास गर्दा पनि वादी समुदायका बालबालिकालाई विद्यालयमा टिकाइ राख्न नसकेको उनको भनाइ छ । गरिबीका कारण अति विपन्न अल्पसङ्ख्यक वादी समुदायका बालबालिकालाई विद्यालयको पहुँचसम्म पु¥याउन सरकारले विशेष कार्यक्रम अघि सारे पनि ती बालबालिकालाई कार्यक्रमले समेट्न सकेको छैन । जिल्लामा विद्यालय जाने उमेरका करिब आठ हजार बालबालिका विद्यालय बाहिर छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending