काठमाडौं । चीनमा कोरोनाभाइरसबाट मर्नेको संख्या लगातार बढिरहेको छ । सरकारी तथ्यांकअनुसार बिहिबारसम्म ५६३ जनाको मृत्यु भईसकेको उल्लेख छ ।
यसबीच चिनियाँ चर्चित व्यवसायीक कम्पनी टेनसेंटको लीक भएको एक रिपोर्टमा कोरोनाबाट २४ हजारभन्दा बढि मानिसको मृत्यु भईसकेको तथ्य खुलासा भएको छ । लीक भएकाे तथ्यांक सरकारी तथ्यांकभन्दा सयौं गुणा बढि हो । चिनियाँ सरकारले कोरोनाबाट मर्नेहरुको संख्या लुकाएको चर्चा चलिरहेको बेला कम्पनीको रिपोर्ट सार्वजनिक भएको हो ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार, टेनसेंन कम्पनीको वेबसाइटको ‘एपिडेमिक सिच्युएशन ट्रैकर’ नामका पेजमा लीक भएकाे रिपाेर्टअनुसार कोरोनाबाट १ लाख ५४ हजार २ सय ३ मानिस संक्रमित भएको उल्लेख छ । जुन तथ्यांक १ फ्रेबुअरीमा सरकारद्वारा जारी गरिएको तथ्यांकभन्दा दश गुणा बढि हो ।
यसमा थप ७९ हजार ८०८ कोरोनाबाट संक्रमित बिरामी भएको हुनसक्ने बताइएको छ । यो तथ्यांक पनि सरकारी आँकडाभन्दा चार गुणा बढी हो ।
रिपोर्टमा उपचारपश्चात २६९ जना मानिस पूर्णं स्वस्थ भएको पनि उल्लेख छ । जुन चीन सरकारले सार्वजनिक गरेको रिपोर्टको नजिक छ । चीन सरकारले ३०० बिरामी पूर्णं स्वस्थ्य भएको दाबी गरेको छ ।
कम्पनीको रिपोर्ट सार्वजनिक भएसँगै कम्पनीले केहि घण्टामै रिपोर्ट परिवर्तन गर्दै कोरोनाबाट मृतकको संख्या ३०४ र संक्रमितको संख्या १४ हजार ४४६ भएको उल्लेख गरेको थियो । जुन आफैंमा नमिल्दो तथ्यांकसमेत थियो ।
सम्बन्धित समाचार
कोरोनाभाइरसको प्रकोपबारे सबैभन्दा पहिले चेतावनी दिने चिकित्सकको मृत्यु
तीन पटकसम्म तथ्यांक मिलायो कम्पनीले
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार टेनसेंट कम्पनीको रिपोर्ट लीक भएसँगै कम्पनीले आफ्नो साइटमा तीनपटकसम्म तथ्यांक मिलान गरको थियाे । टेनसेंटले पछिल्लो पटक सरकारी तथ्यांकलाई साभार गरेको छ ।
कम्पनीले तथ्यांक गलत हुनुमा कोडिङ्ग गडबडी भन्दै आफ्नो भनाई सार्वजनिक गरेको कुरा सञ्चार माध्यमले लेखेका छन् । जनाइएअनुसार कम्पनीमा काम गर्ने एक व्यक्तिले जानी बुझी नै वास्तविक तथ्यांक लीक गरेका थिए ।
‘बुहानमा संक्रमितको उपचार हुन सकेको छैन्’
ताइवान समाचार एजेन्सीलाई उल्लेख गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले बुहानमा कोरोना संक्रमितहरुको उपचार हुन नसकिरहेको र धेरै मानिसहरुको अस्पताल बाहिर नै मृत्यु भएको कुरा खुलासा गरेका छन् । यसको साथै उपचार सामाग्रीहरुको पनि बुहानमा भारी अभाव भएको उल्लेख छ ।
यस्तो रिपोर्ट पनि सामन्ने आएको छ कि, कोरोना भाइरसबाट मृत्यु हुने कतिपयको लुकाएर अन्तिम संस्कार गरिएको छ । मर्नेहरुको तथ्यांक बढि नबनाउन त्यस्तो गरेको कुरा जनाइएको छ । एजेन्सीबाट
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: