काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारका सेवा सुविधालाई छिटो छरितो बनाउन ‘डिजिटल प्रणाली’सम्बन्धी विधेयक ल्याउन लागिएको बताएका छन् । नेपाल व्यवस्थापन सङ्घको ३९ औँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले चालु संसद्को अधिवेशनबाट सरकारले डिजिटल प्रणालीसम्बन्धी विधेयक दर्ता गराउन थालेको जानकारी दिए । “सबै काम डिजिटल प्रणालीमा लैजान सरकारले डिजिटलसम्बन्धी धेरै विधेयक ल्याउने तयारीमा रहेको छ”, उनले भने, “डिजिटलबाट काम गर्दा चुस्त दुरुस्त हुन्छ । सेवाग्राहीले पनि चाँडो सुविधा पाउँछन् ।”
उनले डिजिटल प्रणालीलाई नियमन गर्नका लागि ‘पेमेन्ट गेट वे’ बनाउने तयारी गरिरहेको जानकारी गराए । उनले औद्योगिक क्षेत्रमा आएको क्रान्तिसँगै सूचना प्रविधिको पनि चुनौती थपिएको बताए । मन्त्री खतिवडाले नयाँ सूचना प्रविधिसँग हातेमालो गर्दै अगाडि बढ्न नसके पछाडि परिने उल्लेख गरे ।
अनलाइनमार्फत भुक्तानी बढाउन सरकार लागि परेको भन्दै उनले अनलाइनमार्फत भुक्तानी भए कागजी रुपैयाँको प्रयोेग घट्ने बताए । “हामी अनलाइनबाट नै सबै किसिमका भुक्तानी गर्न प्रणालीको विकासमा रहेका छौँ”, उनले भने, “अनलाइनबाट भुक्तानी गर्ने हो भने रुपैयाँ छाप्नका लागि पैसाको पनि बचत हुन्छ ।’’
कार्यक्रममा नेपाल पर्यटन बोर्डका व्यवस्थापक सुमन घिमिरेले पर्यटनको क्षेत्र व्यवस्थापन गर्नसके मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । सङ्घका अध्यक्ष सुशील भट्टले मुलुकको व्यवस्थापन गर्न सङ्घले सरकारलाई सहयोग गर्दै आइरहेको बताए । सम्मेलनले तीन वर्षको लागि १७ सदस्यीय नयाँ कार्यसमिति नेतृत्व गर्ने छ । सम्मेलनमा एक हजार १०० प्रतिनिधि रहेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: