Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

बस दुर्घटनापछि उजाडिएको जिन्दगी

श्रीमान जागिरे, आफू स्नातकोत्तर पढ्दै, काखमा छोरी, डडेल्धुरा जिल्लाको सदरमुकाममा बसाइ । खुशी र सुखी जीवन यति छिटो उजाडिएला भन्ने सपना पनि देखेकी थिइनन् अमरगढी नगरपालिका–४ कि कल्पना विष्टले तर अहिले उनीसँग त्यस्तो सुखी र खुशी परिवार छैन । सबै खोसियो । आफैँ पनि अर्काको सहाराबिना बाँच्न सक्ने अवस्थामा छिन्।

उनी घाइते मन र शरीर लिएर बाचेकी छिन् । भन्छिन्– त्यो खुशी आज यो पीडामा बदलिएको छ । तर बाँच्नुबाहेकको अर्को विकल्प पनि छैन । विसं २०७१ असोज २० गते डोटीको जोरायल गाउँपालिका, २ (तत्कालीन छतिवन गाविस वडा ५) कट्पत्तेमा भएको बस दुर्घटनामा कल्पनाले श्रीमान् र छोरी गुमाइन् र आफू पनि कहिल्यै निको नहुने गरी घाइते भइन्।

दुर्घटना हुनुभन्दा तीन वर्षअघि मात्र सँगसँगै खुशीसाथ जीउने वाचासहित डडेल्धुराका लक्ष्मण ठकुराठीसँग विवाह गरेकी कल्पनासँग अहिलेसँगै जिउने कल्पना मात्र छ । भन्छिन्– सँगै जिउनेसँगै मर्ने वाचा थियो, तर न जिउन नै पाएँ र नत सँगै मर्न नै । उनी अहिले काभ्रेको ‘स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र’ मा छिन्।

माइतीघर जोरायल गाउँपालिकामा आमाबुबाका हातबाट दशैँको टीका थापेर सपरिवार घर फर्किरहेका बेला भएको उक्त बस दुर्घटनाले अनायास कल्पनाको जीवनमा यो विछोड ल्याइदियो । उनको जीवन क्षणभरमै उजाड बनाइदियो ।

मेरुदण्डमा चोट लागेपछि पक्षाघात भएकी २९ वर्षीया कल्पनाले श्रीमान् र छोरीको घाइते शरीर पनि हेर्न पाइनन् । दुर्घटनामा घाइते भइसकेपछि कल्पनाले जीउने आश पनि मारिसकेकी थिइन् तर अहिले सामान्य रुपमा हिँडडुल गर्न सक्छिन् । त्यसो त चिकित्सकको आश्वासनले उनी पहिलेजस्तै हिँड्डुल गर्नसक्ने आशमा थिन्। “तत्कालै सात महिनासम्म भारत लखनउको सिमरा अस्पतालमा उपचार गराएपछि डाक्टरले अब घरमा गएर थेरापी गर्नु, विस्तारै ठीक भइहाल्छ भनेर फिर्ता पठाएका थिए”, कल्पना भन्छिन्, ।
“तर घरमा बस्दा कुनै सुधार नभएपछि फेरि उपचारका लागि नयाँ दिल्ली गएँ र त्यहाँ पनि एक महिना बसेँ, तर निको भएन”, कल्पना भन्छिन् ।

एक महिनासम्म विभिन्न अस्पतालमा जाँच गराउँदा मात्र कल्पनालाई थाहा भयो कि अब उनी कहिल्यै हिँड्न सक्ने छैन । मेरुदण्डको पक्षाघातको उपचार सम्भव नभएको कुरा उनलाई नयाँ दिल्लीमा केही समयको उपचारपछि थाहा भयो ।

भारतको नयाँ दिल्लीबाट फर्केपछि उपचारका लागि कल्पना काभ्रे गइन् । दिसा पिसाब भएको पनि जानकारी नहुने गरी तल्लो शरीर पूर्णरुपमा निस्कृय भएकी कल्पनालाई पुनःस्थापना केन्द्रमा मेरुदण्ड पक्षघात भएकाले कसरी जिउने भन्ने कला सिकाइयो । अहिले उनी त्यही पुनःस्थापना केन्द्रमा परामर्शदाताका रुपमा काम गरिरहेकी छिन् ।

आफ्नो विगत सम्झिन त मन लाग्दैन तर भक्कानिँदै कल्पना भन्छिन्, “यो अवस्था होला भन्ने सोचेकी थिइन, हासीखुशी जीवन बित्ला भन्ने कत्रो आशा थियो तर अहिले आएर यसरी अर्काको सहारामा बाच्नुपर्ने भयो ।” परिवार गुमाएकी कल्पनाले तर हिम्मत भने हारेकी छैनन् । भन्छिन्, “मानव जीवन यस्तै हो भनेर चित्त बुझाउन सक्नुपर्छ, जे भयो त्यसैलाई सधैँभरि सम्झेरमात्र के गर्नु ?”

कल्पनाको जस्तै कष्टप्रद जीवन जिएकी छिन् ३५ वर्षीया कृष्णा शाहीले पनि । कैलालीको तेघरीमा बस्दै आएकी कृष्णाको परिवार पनि दशैँ मनाउन जिल्लाको जोरायल गाउँपालिकामा जाँदै थियो । दुई छोरा र एक छोरीलाई तेघरीमै छोडेर दशैँ मनाउन आएका उनी र श्रीमानलाई पनि यही दुर्घटनाले कहिल्यै मिलन नहुने गरी बिछोड गरायो ।

कृष्णाका श्रीमान राजेन्द्र शाहीको दुर्घटनास्थलमै मृत्यु भयो । कृष्णा पनि कल्पनाजस्तै मेरुदण्ड पक्षाघात भएर बाँचिरहेकी छिन् । “यस्तो घटना होला भन्ने सोचेका पनि थिएनौँ”, कृष्णाका भतिज शेरबहादुर शाही भन्छन्, “काकाहरुको जीवन हाँसीखुशी बितेको थियो तर दैवले एका एक उजाड गरिदियो ।”

मेरुदण्ड पक्षघात भएर दिसा पिसाब भएकोसमेत थाह नपाउने कृष्णालाई अहिले उनका नाबालक छोराछोरी र भतिजा बुहारीले बाँच्ने सहारा दिइरहेका छन् । विसं २०७१ असोज महिनामा विजयादशमीको भोलिपल्ट ना ३ ख ५७०७ नम्बरको सुदूरपश्चिम यातायातको बस जोरायलबाट धनगढी जाने क्रममा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी स्थानीय २९ ले अकालमै ज्यान गुमाएका थिए भने ६८ घाइते भएका थिए ।

बसमा १२५ भन्दा बढी यात्रु रहेको प्रहरीको भनाइ छ । यात्रुहरु बढी भएर बसको पत्ता टुटेपछि दुर्घटना भएको बताइएको थियो । त्यस दुर्घटनाग्रस्त बसका चालक विष्णु साहु अहिले कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

जिल्लामा वर्षेनी दशैँ तथा तिहारको समयमा ठूला दुर्घटना हुने गरेका छन् । चाडबाडको समयमा बढीजसो दुर्घटना हुने भएकाले यहाँको प्रहरी प्रशासनले सवारी अनुगमनमा कडाइ गर्दै आए पनि चालकको लापर्वाही भने भइरहन्छ ।

क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण दुर्घटनाको जोखिम बढ्न थालेको दिपायलका स्थानीय समाजसेवी घनश्याम पाठकले बताए। उनले भने, “चाडपर्वकै बेलामा जिल्लाका ठूला सवारी दुर्घटना हुन्छन, प्रहरी पनि यसैबेला बढी सक्रिय हुन्छन् तर पनि दुर्घटना भने रोकिँदैन ।”

चाडपर्वमा भएका सवारी दुर्घटनामा मात्र जिल्लामा १०० भन्दा बढीले अकालमै ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलको तथ्याङ्क छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामी गाउँका सडकमा ट्राफिक प्रहरी नहुने तथा चालकले सवारीमा आफूखुशी क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण वर्षेनी दुर्घटना हुने गरेको बताउछन् ।

उनले भने, “हाम्रो जनशक्ति ग्रामीण सडकमा छैन, चालकले मनपरि गर्ने गरेका कारण दुर्घटना बढ्ने गरेको हो ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE