काठमाडौं । त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तगर्त अहिले विहान ९: ३० बजेबाट अमेरिका र नेपाल भिड्दैछन् ।
अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ज्ञानेन्द्र मल्लको कप्तानी रहेका नेपालले व्याटिङ सुरु गरेको छ ।
जारी सिरिजमा दुवै टीम पहिलो खेलमा ओमानसँग पराजित भएका छन् ।
शनिबारको खेल दुवै टीमका लागि सिरिजमा पहिलो जित दर्ता गर्ने अवसर छ । नेपाली टीमले पहिलो खेलमा ओमानविरुद्ध बलिङ राम्रो गरे पनि ब्याटिङ भने सन्तोषजनक गर्न सकेन । विगत झैं ओमानविरुद्ध पनि ब्याटिङमा नेपालको सुरुवात निकै खराब रह्यो ।
पहिलो खेलमा नेपालले ओपनरद्वय ज्ञानेन्द्र मल्ललाई १ र पूर्वकप्तान पारस खड्कालाई ३ रनमा गुमाएको थियो । ओमान विरुद्धको कमजोर ब्याटिङलाई सुधार गर्दै नेपाल अमेरिकासँग जित निकाल्ने रणनीतिमा छ ।
नेपाल प्लेइङ ११ः
ज्ञानेन्द्र मल्ल (कप्तान), सुवास खकुरेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अविनाश बोहरा, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, र सन्दीप लामिछाने ।
अमेरिकाविरुद्ध कुशल मल्लको डेब्यू
नेपाली क्रिकेट टीमका युवा अलाउन्डर कुशल मल्लले टियू क्रिकेट मैदानमा जारी आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक वानडे सिरिज अन्तर्गत अमेरिका विरुद्धको म्याचमा डेब्यू गर्ने मौका पाएका छन् । आक्रामक ब्याटिङका साथै बलिङ पनि गर्नसक्ने मल्ललाई टीम प्रशिक्षक जगत टमटाले ‘डेब्यू क्याप’ दिइसकेका छन् ।
अमेरिकाविरुद्ध उनले अर्का युवा अलराउन्डर रोहितकुमार पौडेलको स्थान लिनसक्ने छन् । मल्ल नेपाली टीमबाट अन्तर्राष्ट्रिय एकदिवसीय म्याच खेल्ने २२ औँ खेलाडी भएका छन् । उनी केही समययता राम्रो लयमा देखिएका छन् । कुशलले केही हप्ताअघि सुनसरीमा सम्पन्न एमएम कपमा एपिएफविरुद्ध ६३ बलमा १३ छक्का र ५ चौका प्रहार गर्दै १ सय ११ रन बनाएका थिए । उनले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा भने डेब्यू गरिसकेका छन् । कुशलले टी–२० मा सन् २०१९ मा जिम्बावेविरुद्ध डेब्यू गरेका थिए ।
नेपालविरुद्ध अमेरिकाः हेड टु हेड
२००८ डिभिजन ५ः शुरुको दुई खेल वर्षा कारण नो रिजल्ट, तेस्रो स्थानको खेलमा नेपाल ९६ रनले विजयी
२०१० डिभिजन ४ः वर्षाले खेल रद्ध, रिप्ले म्याचमा अमेरिका ५५ रनले विजयी
२०१० डिभिजन ५ः लिग चरणमा अमेरिका ५ विकेटले विजयी,फाइनलमा नेपाल ५ विकेटले विजयी
२०१२ डिभिजन ४ः लिग चरणमा नेपाल ३२ रनले विजयी, फाइनलमा नेपाल ८ विकेटले विजयी
२०१३ डिभिजन ३ः अमेरीका ९४ रनले विजयी
२०१४ डिभिजन ३ः नो रिजल्ट, वर्षाले रद्ध
अर्को खेलमा नेपाल डी एलमा १० रनले विजयीः अमेरिका २२३ मा ९ विकेट, नेपाल ७३ मा एक विकेट, बर्षाले खेल २२ ओभरमा झारिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: