Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

यस्ता छन् मस्यौदा विरोधी कांग्रेस नेता

\"nc_flage\"२३ असार, काठमाडौं । असन्तुष्ट मधेसी दलमात्र होइन लोकतन्त्रको सबैभन्दा ठूलो दल दाबी गर्ने कांग्रेसमै बल्ल बन्न लागेको संविधानको मस्यौदालाई स्वीकार नगर्ने नेताहरु सतहमा आएका छन् । कोही अदालतको आदेशमा मधेसी स्वार्थको ‘फ्याक्टर’ त कोही हिन्दु धर्म, कोही बहुलवाद  र कोही संघीयतामा सीमाङकनको विषयलाई उछाल्दै मस्यौदाको विरोध गरिरहेका छन् । महिलालाई समावेशीमा समेट्दासमेट्दै पनि कतिपय शीर्ष नेताकै पत्नीहरु समेत मस्यौदाको विरोध गरेर तमासा गरिरहेका छन् । कांग्रेसमा संविधानसभामा मस्यौदा प्रस्तुत नहुँदै लोकतन्त्र, प्रजातन्त्र र समाजवादको व्याख्याता भनेर नथाक्ने प्रदीप गिरी नै खरो उत्रिए । मधेसी स्वार्थ देखिएको भन्दै आलोचित सर्वोच्च अदालतको १६ बुँदे सहमति कार्यान्वयन नगर्नु भन्ने आदेशलाई लत्याएको भन्दै गिरीले संविधानसभा नै बहिष्कार गर्न पुगे । कांग्रेस जस्तो लोकतन्त्रको दुहाई दिने पार्टीले आदेश उपर भ्याकेटमा पनि नगई विधि, विधान लोकतन्त्रलाई जिल्लाएको आरोप उनले लगाए । यसरी विधिलाई पेल्दै र मिच्दै बनाइएको संविधान ५  वर्ष पनि नटिक्ने बताउँदै गिरीले संसदीय दल बैठकमा २५ मिनेट बोल्दै शीर्ष नेताको उछितो काटे । तर, शीर्ष नेताले जवाफ फर्काउन सकेनन् । सरकारकै भौतिक योजना मन्त्री भारतबाट नेपालको सीमा नआइपुग्दै १६ बुँदेको तीव्र विरोध गरे । पछि पनि सीमाङकन, नामाङकन विनाको संविधान जारी गर्नै नहुने बताए । अदालतको आदेश कार्यान्वयन नगरे संविधानले निकास नदिने भन्दै उनले पनि नेतृत्वमाथि दबाबमात्र सिर्जना गरेनन् । संविधानसभा विरोधी तत्वलाई फाइदा हुने गरी सडक र सदनमा कुर्लिए । अर्का सधैंका विवादित पात्र अमरेशकुमार सिंह अघिल्लो हप्ता असन्तुष्ट मधेसी दलका नेतासँग भारतीय राजदुतावासमा पुगेपछि पार्टीभित्रै चर्को आलोचनाका पात्र भए । संसदीय दलको बैठकमा उनीविरुद्ध सभासद्हरु केशव कुमार बुढाथोकी, भीष्मराज आङदेम्बे, बद्रि पाण्डेसहितले सिंह कांग्रेसको हो की भारतको भन्दै अनुशासनहीन काम गरेकोले कारवाहीको माग गरे । भारतीय चाहना विपरीत भएको १६ बुँदे सहमतिको विरुद्धमा शक्तिकेन्द्र धाउदै ८ वर्षमा अघि बढेको संविधानलाई धरापमा पार्न उद्यत रहेको भन्दै सिंहविरुद्ध कांग्रेसका सभासद् जाइलागेका हुन् । अन्तरिम संविधानदेखि नै देश धर्मनिरपेक्षतामा गइसकेको छ । तर, नयाँ संविानका लागि बहस भइरहेका बेला धर्मका कुरालाई उराल्नेमा पनि कांग्रेसकै जिम्मेवार नेताहरु अगाडि आएका छन् । धर्म निरपेक्षता नभई धार्मिक स्वतन्त्रता हुनुपर्ने पक्षमा डा. शेखर कोइराला, मनमोहन भट्टराई, शंकर भण्डारी जस्ता नेताहरु खुममखुल्ला बसहमा उत्रिएका छन् । नेपालजस्तो मिलेर बसेको देशमा धर्मनिरपेक्षता गरिए ८० प्रतिशतभन्दा बढी हिन्दु रहेका नेपालीलाई अन्याय हुने उनीहरुको तर्क छ । मस्यौदामा भएको कुनै धर्मबाट अलग हुन पाउने प्रावधानप्रति पनि उनीहरुको असहमति छ । अलग हुन पाउने भन्ने व्यवस्थाले धर्म परिवर्तन गर्नेलाई भ¥याङ हुने भन्दै उनीहरुले मस्यौदाबाट यस्तो प्रावधान हटाउन माग गरेका छन् । त्यस्तै, शेखर कोइराला, मनमोहन भट्टराईसहितका नेता संविधानको प्रस्तावनामै बहुलवाद शब्द नराखिए कांग्रेस कम्युनिष्टको पुच्छर बन्ने टिप्पणी गरिरहेका छन् । प्रजतन्त्र र विधिको शासनलाई आफ्नो आदर्श बनाएको कांग्रेसले बहुलवाद शब्द राख्न पहल नगरेर कम्युनिष्टको पुच्छर भएको आरोप कोइरालाले दलको बैठकमा लगाए । भ्रष्टाचारलाई छोप्न हिन्दु धर्मको खोल ओढेका खुमबहादुरको अभियानमा सक्रिय सहभागिता जनाउँदै आएका शंकर भण्डारी, पुष्पा भुसाल जस्ता नेता पनि कांग्रेसको अनुशासनमा बस्न सकेका छैनन् । पार्टीको नीतिविपरीत उनीहरु हिन्दु राष्ट्रका लागि खुमबहादुरले चलाएको अभियानमा सक्रिय सहभागिता जनाइरहेका छन् । यस्तैमा नेता शेरबहादुर देउवा पत्नी  आरजु पनि यतिखेर मस्यौदाको विरोधीका रुपमा देखिएकी छिन् । महिलामैत्री संविधान नबनेको भन्दै आइएनजिओको खेती उनी पनि कुर्लिरहेकी छिन् । आफूलाई सधैं अन्याय भएको बताउँदै आएका उपसभाति रामचन्द्र पौडेल पनि मस्यौदाका विषयमा गम्भीर सवाल खडा गरिरहेका छन् । मस्यौदा लेखनमा सहभागी र दलबीचको छलफलमा सहभागी भएका उनी बल्ल सहमति भएको ८ प्रदेशको विरुद्धमा छन् । ८ वर्षपछि दलहरुले ८ प्रदेशमा जान गरेको सहमतिका विरुद्ध बोल्दै पौडेलले संविधानसभाबाटै ६ प्रदेशमा मात्र जानुपर्ने बताए । यसरी असन्तुष्ट दलले प्रक्रियामा मस्यौदाका प्रावधानमा प्रश्न उठाउँदै आएका बेला जिम्मेवार दलकै नेता र मन्त्रीहरु  मस्यौदाविरुद्ध उभिएपछि संविधान निर्माण थप पेचिलो बन्न सक्ने देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending