रामपुर । रामपुर नगरपालिकामा बट्टाईंपालन शुरु गरिएको छ । रामपुर नगरपालिका–७ सिरुपाटाका युवक आभाष भट्टराईले यस क्षेत्रमा पहिलोपटक बट्टाई पाल्न शरु गरेपछि अवलोकन गर्नेको आकर्षण बढ्दो छ ।
शहीद बहुमुखी क्याम्पस स्नातक तह चौथो वर्षमा व्यवस्थापन सङ्कायमा अध्ययन गरेका भट्टराईले गत भदौदेखि काठमाडौँबाट चल्ला ल्याएर रामपुरमा नयाँ व्यवसायको रुपमा व्यवसाय शुरु गरेका हुन् । एक हजार दुई सय चल्लाबाट व्यवसाय सञ्चालन गरेका भट्टराई दोस्रोपटक आठ सय, तेस्रोपटक एक हजार दुई सय थप गरी बिक्रीसमेत गरिसकेका छन् । पुनः एक हजार चल्ला थप्ने तयारी गरेका छन् ।
एकवटा चल्ला रु ६० मा खरिद गरी ६० दिनको समय भएपछि भाले २५०, पोथी ३५० मा र प्रतिअण्डा रु १० मा बिक्री भइरहेको उनले बताए । “रामपुरका ठूला होटलबाट बढी माग आउने गरेको छ, स्वास्थ्यका लागि फाइदाजनक भएकाले पनि खोजीखोजी लैजाने गरेका छन्, आम्दानी पनि राम्रै हुँदोरहेछ”, भट्टराईले अनुभव सुनाए ।
फार्म व्यवस्थापन र चल्ला खरिदमा गरी करीब रु १५ लाखको लगानी व्यवसायमा परेको छ । अण्डामा भन्दा पनि मासुमा बढी ग्राहकको आकर्षण छ । एक हजार बट्टाईं बिक्री गर्दा रु एक लाख फाइदा हुने गरेको उनी बताउछन् ।
रामपुर नगरपालिका–८ दध्रा बस्ने वसन्त पुलामीले पनि बट्टाईंपालन शुरु गरेका छन् । पाँच महिनाअघि परीक्षणका रुपमा १५० चल्लाबाट व्यवसाय शुरु गरेका पुलामीले बजार राम्रै लिएपछि थप गर्ने सोच बनाएका छन् । “माग राम्रै आएपछि व्यवसाय थप गर्ने तयारी गरेको छु, सोचेभन्दा राम्रो माग आएको छ, राम्रोसँग गरियो भने यसबाट मनग्य कमाई गर्न सकिँदोरहेछ”, पुलामीले भने ।
मासुको तुलनामा अण्डा भने कम बिक्री हुने गरेको व्यवसायीहरु बताउँछन् । बट्टाईंपालन आर्थिक तथा स्वास्थ्यका हिसाबले निकै नै उपयोगी मानिन्छ । यिनीहरुसँग रोग प्रतिरोधात्मक क्षमता धेरै नै हुने भएकाले औषधि खर्च न्यून हुन्छ ।
पन्छीपालनमा ७० प्रतिशत लगानी दानामा लागेता पनि यसमा दानामा लागत खर्च पनि निकै नै कम रहेको छ । जिउँदो चराको एक रुपैयाँ प्रतिग्राम पाइने यो चरा २८ दिनदेखि बेच्न योग्य हुने र औसत तौल एक ५० ग्राम ९२०० ग्राम सम्मको हुन्छ । बट्टाईंले एक महिना पुगेपछि नै अण्डा दिन थाल्छ । यसका अण्डाहरु साना–साना भएता पनि पौष्टिक तत्वले भरिपूर्ण रहेका हुन्छन् ।
बजारमा एक अण्डा प्रतिगोटा रु १० सम्म बिक्री हुन्छ । यसको मासु बाथ रोग र मुटुरोगका लागि उत्तम मानिन्छ । मासुमा कम चिल्लो पदार्थ, भिटामिन ए, बी, डी, ई, के र शरीरका लागि चाहिने आवश्यक खनिज पदार्थ पाइन्छ । मासुको स्वाद फरक हुने कारणले कसैलाई मन नपर्ने र कसैलाई औधी नै मनपर्ने हुन्छ । बट्टाईं जङ्गलमा बस्ने उड्ने चराको जात भएकाले भाग्ने समस्या र बढी घाइते हुने समस्या देखापर्ने गरेको व्यवसायीहरु बताउँछन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: