आषाढ़ २३ गते, २०७२ बुधवार 8th July, 2015 Wed१२:४१:४५ मा प्रकाशित
२३ असार, कञ्चनपुर । अवैध मदिराको कारोबारमा संलग्नलाई प्रहरीले पक्राउ गरी कारबाही गर्न थालेपछि कञ्चनपुरको बेलौरी क्षेत्रमा महिलामाथि हुने घरेलु हिंसाका घटनामा कमी आएको छ ।
बिनाइजाजत अवैध मदिराको कारोबार गर्नेलाई इलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरी जरिवाना लिन थालेपछि घरेलु हिंसाका घटनामा कमी आएको हो ।
घरेलु मदिरा बनाएर बिक्री गर्नेहरु र सेवन गर्नेहरुलाई नियन्त्रण गर्न सुरु गरेपछि घरेलु हिंसाका घटनामा कमी आएको प्रहरी निरीक्षक युवराज भण्डारीले बताए ।
अवैध मदिरा नियन्त्रण नहुँदा दैनिक प्रहरी कार्यालयमा घरेलु हिंसाका घटनाको छिनोफानो गर्नमै दिन बित्ने गरेका कारण अन्य कार्य गर्न अप्ठेरो पर्ने गरेको थियो । प्रहरी निरीक्षक भण्डारीले भने – \'घरेलु हिंसाबाट पीडित महिलाले मदिरा सेवन गरेर श्रीमानले हिंसा निम्त्याउने गरेको बताउन थालेपछि मदिरा नियन्त्रणका लागि अभियान नै सञ्चालन गरेका हौँ ।\'
अभियान अन्र्तगत प्रहरीले जनचेतना जगाउने र कारवाही गर्ने कार्य एकै साथ सञ्चालन भएपछि अवैध मदिराको कारोबारमा कमी आएको छ ।
पहिले घरेलु हिंसाका दैनिक २० भन्दा बढी मुद्दा लिएर महिला प्रहरी कार्यालय पुग्ने गरेकामा हाल अवैध मदिरा नियन्त्रणसँगै दैनिक फाट्टफुट्ट रुपमा तीनवटासम्म घरेलु हिंसाका मुद्दा लिएर महिला प्रहरीकहाँ पुग्ने गरेका छन् ।
मदिरा सेवन गरी कुटपिट गर्ने, गालीगलौज गर्ने र घरका सामान बिक्री गर्नेजस्ता मुद्दा प्रहरीमा आउने गरेका थिए जसबाट ९५ प्रतिशत महिला पीडित बन्ने गरेका थिए ।
अवैध मदिराको कारोबार गर्ने र सेवन गर्नेलाई पक्राउ गरी प्रहरी कार्यालयमै जनेचतना प्रदान गर्ने र कानुनी प्रावधानका बारेमा जानकारी दिइने व्यवस्थासमेत प्रहरीले गरेको छ ।
बिनाइजाजत मदिराको कारोबार गर्नेमाथि कारबाही हुन थालेपछि अवैध मदिराको कारोबारमा संलग्न ४२ जनाले मदिरा बिक्री गर्ने इजाजतपत्र बनाएर वैधरुपमा मदिराको कारोबार गर्न थालेको प्रहरी निरीक्षक भण्डारीले बताए ।
अवैध मदिराको कारोबार नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानलाई बजार क्षेत्रमा मात्रै नभएर प्रहरीले ग्रामीण क्षेत्रसम्म पु¥याएको छ ।
बेलौरी नगरपालिकाका कार्यकारी अधिकृत महेश बमले प्रहरीले अवैध मदिराको कारोबारमा संलग्नलाई कारबाही गर्न थालेपछि कारबाहीमा पर्ने डरले धेरैजनाले इजाजतपत्रका लागि निवेदन दिएको बताए ।
समाजमा अमनचयन कायम गर्ने कार्यमा प्रहरीले थालेको अभियान सकारात्मक रहेकाले सबैको साथ चाहिने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: