Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

संविधान आउँछ आउँछ, ढुक्क हुनुहोस्ः प्रधानमन्त्री

\"Sushil_Koirala\"२३ असार, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपालले छिट्टै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान पाउने बताएका छन् । मंगलबार अपरान्ह नेपाली कांग्रेसका जिल्ला सभापतिहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संबोधन गदै प्रधानमन्त्री कोइरालाले सो कुरा बताएका हुन् । ‘संविधान आउँछ, ढुक्क हुनुहोस्’, प्रधानमन्त्री कोइरालाले भने, ‘लोकतान्त्रिक संविधान नै आउँछ ।’ सो अवसरमा प्रधानमन्त्री कोइरालाले संविधान आए पछि मुलुकमा शान्ति र राजनीतिक स्थायित्व कायम हुने र त्यस्तो वातावरणमा विकासले गति लिने बताए । सो अवसरमा उनले समस्त जनता र विदेशी मित्रहरुको सहयोगमा नेपाल भूकम्पको पीडाबाट उठेर विकासको मार्गमा तीव्र गतिले अग्रसर हुने बताए । उनले भूकम्पपीडित र बाढी पहिरो पीडितलाई सरकारले कुनै भेदभाव नगरी राहत र पुर्नस्थापनाका कार्यक्रमहरु तय गरी कार्यान्वयनमा लगिरहेको पनि बताए । पार्टीको आसन्न १३ औं महाधिवेशनको पूर्व तयारी, जिल्लामा देखिएका पार्टी भित्रका समस्या र विकासका समस्याहरु, भूकम्प पीडित र प्रभावित जनतालाई दिइएको राहत र गरिएको पुर्नस्थापना कार्य, गत वर्ष र यस वर्षको बाढी पहिरो पीडितहरुलाई दिनु पर्ने राहत र पुर्नस्थापना प्याकेज, पार्टीको विधानमा देखिएका कमजोरीलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेस धादिङ्गका सभापति रामनाथ अधिकारीको अग्रसरतामा सो भेलाको आयोजना गरिएको थियो । भेलामा विभिन्न जिल्लाका पार्टी सभापतिहरुले भूकम्प पछिको खोजी,उद्धार,राहत,पुनस्थापना र बाढी पहिरोको जोखिम,पार्टीको आसन्न १३ औं महाधिवेशनको तयारी र संविधान निर्माणका सम्बन्धमा आ–आफ्नो मन्तव्य राखेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending