Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

सरकारी कार्यालयमा विप्लव माओवादीको चन्दा उर्दी

\"Biplab\"२३ असार, खोटाङ । नेकपा माओवादी विप्लव समूहले जिल्लाका विभिन्न सरकारी कार्यालयमा चन्दाको लागि उर्दी गरेको छ । दसवर्षे सशस्त्र सङ्घर्ष र उन्नाईस दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नयाँ अभियान सञ्चालन गर्ने भन्दै माओवादीले चन्दा उर्दी गरेको हो । महासचिव विप्लवद्वारा हस्ताक्षरित पत्रमा रकम भने नतोकिए पनि फोनबाट भने पटक–पटक मोलतोल गर्ने गरेको कार्यालय प्रमुखहरुले जनाएका छन् । उनीहरु भन्छन्, \'पत्र आउनासाथ पटक–पटक फोन आइरहेको छ, कार्यालयबाट चन्दा दिने प्रावधान छैन । यसले गर्दा हामीलाई काम गर्न अप्ठ्यारो भएको छ ।\' प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले सरकारी कार्यालयमा चन्दा माग्ने कसैलाई पनि चन्दा नदिन कार्यालय प्रमुखलाई निर्देशन दिएको बताए । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई स्थापित गर्न आन्दोलन गर्नुपर्ने भएकाले जिल्लास्थित केही सरकारी कार्यालय र गाविससचिवसमक्ष सहयोग माग गरिएको माओवादी खोटाङका सचिव चन्द्रबहादुर बुढाथोकीले बताए । उनले भने, \'हामीले जबर्जस्ती गरेका छैनौँ, स्वेच्छिक रुपमा सहयोग गर्न केही कार्यालय र गाविस सचिवलाई आग्रह गरेका हौँ ।\' माओवादीले जिल्लाका अन्य सङ्घसंस्था तथा सर्वसाधारणलाई भने चन्दा मागेका छैनन् । महिना दिनअघि सङ्गठन विस्तार गरेको माओवादीले जिल्लामा भ्रष्टाचार, घुस, बलात्कार, कालोबजारीलगायतलाई न्यूनीकरण गर्दै समृद्ध खोटाङ बनाउने बताएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending