Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

यि हुन् बामदेवका ६ जवर्जस्ति ! सबै फेल !

आजको नयाँ पत्रिका दैनिकमा खबर छ–

१. डोल्पाबाट उम्मेदवार बन्ने पहिलो कोसिस
मंसिर ०७४ मा बर्दियाबाट हारेपछि गौतमले साउन ०७५ मा डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गर्न फकाएका थिए । बुढा गौतमकै सिफारिसमा पर्यटन राज्यमन्त्री भएका थिए । मतदातालाई फकाएर आउँछु भनेर डोल्पा गएका बुढा फर्कँदा भने राजीनामा गर्न जनताले नमानेको सन्देश लिएर आएका थिए । बुढाले सिट खाली गर्न नमानेपछि गौतमलाई पहिलो झट्का लाग्यो ।

२. विकल्पमा दैलेख, बाँके र प्युठानमा मिहिनेत
दैलेखका रवीन्द्रराज शर्मा, बाँकेका नन्दलाल रोकाय र प्युठानकी दुर्गा पौडेललाई राजीनामा गराउन पनि गौतमका सहयोगीले मिहिनेत गरे । तर, यो बाटो पनि अघि बढ्न सकेन ।

३. काठमाडौं ७ का रामवीरको राजीनामा
वामदेव गौतमलाई उम्मेदवार बनाउन रामवीर मानन्धरले पार्टी अध्यक्ष ओलीलाई राजीनामा दिए । तर, जनमानसले चर्को विरोध गरेपछि गौतम आफै ब्याक भए । गौतमलाई अधुरो गुण लगाएबापत मानन्धर अहिले सहरी विकास राज्यमन्त्री छन् ।

४. विकास प्राधिकरणको नेतृत्वमा दाबी
प्रतिनिधिसभामा उम्मेदवार हुने बाटो बन्द भएपछि गौतमले राष्ट्रिय विकास प्राधिकरणको अवधारणा ल्याएका थिए । राष्ट्रिय गौरवका आयोजनाको कमान्ड गर्ने गरी आफूलाई प्राधिकरणको नेतृत्व दिन उनले प्रधानमन्त्री ओलीसँग प्रस्ताव गरेका थिए । तर, अस्वीकार गरेपछि उनी ओलीसँग चिढिएका थिए ।

५. पोखराबाट उम्मेदवार बन्न ओलीको प्रस्ताव
रिसाएका वामदेवलाई नजिक्याउन प्रधानमन्त्री ओलीले कास्की २ मा उम्मेदवार बनाउन खोजेका थिए । रवीन्द्र अधिकारीको निधनपछि खाली भएको क्षेत्रमा छिटो निर्वाचन गराउन ओलीले तत्कालीन प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग छलफल गरेका थिए । तर, शुभचिन्तकहरूले चुनाव हारिन्छ भनेपछि गौतम पछि हटे ।

६. राष्ट्रिय सभा जाने प्रयास पनि अलमलमा
गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न पार्टी पहिलेदेखि तयार थियो । तर, गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने संवैधानिक व्यवस्था गर्न अडान राखेका थिए । शीर्ष नेताहरू संविधान संशोधन गर्न तयार भए पनि प्रतिपक्षी दल र जनमानस मात्र होइन, नेकपाकै नेताहरू पनि विरोधमा उत्रिएपछि वामदेवको धोको फेरि भुमरीमा परेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE