Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

प्रधानमन्त्रीलाई नेता नेपालको चेतावनीयुक्त सुझाब, वामदेवको मनोनयनपछि मात्र खतिवडाबारे सोच्नूस्

काठमाडाै‌ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरेपछि मात्रै अर्थमन्त्री युवराज खतिवडाको विषयमा टुंगोमा पुग्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई सुझाएका छन् । पार्टी निर्णयअनुसार गौतमलाई मनोनीत नगरिए दुर्घटना निम्तिने नेता नेपालको चेतावनीयुक्त सुझाब छ ।

आजको नयाँ पत्रिकामा खबर छ – बुधबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यमा नेता गौतमलाई लैजाने सर्वसम्मत निर्णय गरेको थियो । तर, त्यसको केहीबेरमै प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिँदै गौतमलाई सिफारिस नगरेर खतिवडालाई नै निरन्तरता दिने सन्देश नेताहरूलाई दिएका थिए । त्यसलगत्तै उनले नेता नेपालसँग करिब दुई घन्टा छुट्टै छलफल गरेका थिए ।

गौतमलाई मनोनीत नगरे पार्टीभित्र अराजकता संस्थागत हुने र त्यसले दुर्घटना निम्त्याउने भन्दै नेता नेपालले तत्कालका लागि निर्णय कार्यान्वयनमा लैजान ओलीलाई सुझाब दिएका थिए । ‘तपाईंका असहमति थिए भने विधिका हिसाबले बैठकभित्रै राख्नुपथ्र्यो, बैठक सकिएपछि मान्दिनँ भन्ने कुराले राम्रो सन्देश गएन, त्यसैले पार्टी सचिवालयको निर्णय कार्यान्वयन गर्नुबाहेक तपाईंसामु अब अर्को कुनै विकल्प छैन,’ नेपालले ओलीलाई दिएको सुझाब उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिलेलाई वामदेव कमरेडलाई सिफारिस गरेर पार्टी निर्णय कार्यान्वयन गर्नुस्, युवराज खतिवडाका सन्दर्भमा पछि सोच्ने गरी निष्कर्षमा पुग्न सकिन्छ ।’

२१ फागुनपछि खतिवडाको सांसद पद रिक्त भए पनि संविधानअनुसार ६ महिनासम्म मन्त्रीमा निरन्तरता दिन सकिने भएकाले उनको विषयमा आवश्यकताअनुसार पार्टीले पछि निर्णय गर्न सक्ने नेपालको भनाइ थियो । ‘उहाँलाई पुनर्नियुक्ति गर्न पनि सकिन्छ वा ६ महिनाको बीचमा सांसद बनाउने कि नबनाउने विषयमा विकल्प सोच्न सकिन्छ, तर अहिले अध्यक्षले नै पार्टी निर्णय उल्लंघन गर्नुभयो भने त्यसले पार्टीमा दुर्घटना निम्त्याउन सक्छ,’ नेता नेपालको सुझाब थियो ।

छलफलमा प्रधानमन्त्री ओलीले भने लामो पृष्ठभूमि बाँध्दै सरकारविरुद्ध संगठित रूपमै षड्यन्त्र भइरहेको र गौतमलाई नियोजित रूपमा अघि सारेर खतिवडालाई अर्थमन्त्रीबाट हटाउन खोजिएको भन्दै पार्टी निर्णय कार्यान्वयन गर्न नसक्ने बताएका थिए । आफ्नो निर्णयबाट ‘ब्याक’ नहट्ने बताउँदै उनले केही नेताहरूले नियोजित रूपमै संकट निम्त्याउन खोजेकाले साथ दिन नेता नेपाललाई आग्रहसमेत गरे ।

गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने पार्टीको सैद्धान्तिक निर्णय भए पनि कहिले गर्ने स्पष्ट नभएकाले तत्काल कार्यान्वयन जरुरी नभएको ओलीको जिकिर छ । मन्त्रिपरिषद्ले सिफारिस गर्ने भएकाले पार्टी निर्णय कार्यान्वयन गर्न आफू बाध्य नहुने उनले बताएका थिए ।

प्रधानमन्त्रीले पार्टी निर्णयलाई चुनौती दिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि असन्तुष्ट छन् । बिहीबार आयोजित पार्टीको बागमती प्रदेशको भेलामा उनले भ्रष्टाचार, दम्भ, अहंकार र आत्मकेन्द्रित चिन्तनका कारण विश्वका कतिपय मुलुकमा कम्युनिस्ट आन्दोलन धराशयी भएको बताए ।

‘विश्व अनुभवबाट हामीले सिक्नुपर्छ, सत्तामा गएपछि कम्युनिस्ट पार्टी भ्रष्टाचारमा लिप्त हुने, अहंकार, पदलोलुप र आत्मकेन्द्रित हुने हुँदा समस्या पैदा भएको छ । यो अनुभवलाई हाम्रो पार्टीले पनि गम्भीरतापूर्वक लिनुपर्छ र लिँदै छ । हामी दुवै अध्यक्षले पनि यसमा लगातार छलफल र समीक्षा गरेका छौँ,’ प्रचण्डले भने, ‘धेरैको रगत–पसिना, करोडौँ जनताको आशा र भरोसासँग जोडिएको यो पार्टीलाई कुनै पनि हालतमा विघटन र विभाजन हुन दिइने छैन ।’ प्रचण्डले पार्टीभित्र विगतमा पनि विवाद हुने र नेतृत्वले नै समस्या समाधान गर्दै आएकाले नआत्तिन कार्यकर्तालाई आग्रह गरे ।

बिहीबारको पार्टी भेलामा नेता नेपालले पार्टीभित्रको पछिल्लो विवाद समाधानको उपायमा केन्द्रित रहेर छलफल भइरहेको संकेत गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE