Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

यस्तो छ सरकारी नीति तथा कार्यक्रम

\"Government_policy_program_624371361\"२३ असार काठमाडौं । सरकारले नीति तथा कार्यक्रम घोषणा गरेको छ । संसद भवनमा बुधबार दिउसो राष्ट्रपति यादवले सरकारी नीति तथा कार्यक्रम घोषणा गरेका हुन् । यादवद्वारा व्यवस्थापिका संसदमा प्रस्तुत आर्थिक वर्ष २०७२÷७३को नीति तथा कार्यक्रममा यो वर्ष भित्र स्थानिय निकायको निर्वाचन गर्ने उल्लेख गरिएको छ । सरकारले सन २०२२ भित्र मुलुकलाई विकासशिल राष्ट्रको सुचीमा पुर्याउने योजना राखेको छ । त्यस्तै अनलाईन मिडिया चलाउन कानुन व्यवस्थीत पारिने भएको छ ।  लोडसेडि सुख्खा याममा ८ घण्टामा सिमित गरिने लगायतका कार्यक्रम छन् । नेपाल विद्युत प्राधिकरणको पुनसंरचना गरि  जनताको विद्युत जनताकै लगानीमा भन्ने सिद्धान्तका आधारमा जलविद्युत उत्पादन लगानीमा प्रोत्साहन गरिने भएको छ । यस्ताे छ, नीति कार्यक्रमकाे सार : १२ सय मेघावाट क्षमताको बुढीगण्डकी जलासय विद्युत आयोजना संचालन शुरू गर्ने । तराईका १२ वटा जिल्लालाई धान उत्पादनको विशेष पकेट क्षेत्रको रूपमा विकास गर्ने स्थानीय निकायको निर्वाचन यसै आर्थिक वर्ष भित्र गर्ने । भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति लिई त्यस विरुद्ध सबै उपाय अवलम्बन गर्ने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुविधा सम्पन्न बनाउने तथा  राष्ट्रिय सतर्कता केन्द्रको क्षमता बढाउने  । सन् २०२२ भित्र विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने दिशामा काम गर्ने। भूकम्प तथा भविश्यमा आउनसक्ने प्राकृतिक प्रकोपको सामना गर्न क्षमता अभिबृद्धि गर्ने । भूकम्प पीडितको पनुर्स्थापना तथा पुननिर्माणका लागि सरकारी र निजी लगानीलाई समन्वय गरी अघि बढाउने लामो समयदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन यसै आर्थिक वर्षमा सम्पन्न गर्ने । पाँच वर्षभित्र भूउपयोग निति ७५ जिल्लामा नै लागू गर्ने । भूकम्प प्रभावित जिल्लामा स्मार्ट सिटी बनाउने । २०१७ सम्म सबैलाई खानेपानीको व्यवस्था गर्ने । दमकमा गौतमबुद्धको विशाल मूर्ति निर्माण गर्ने । २५ जिल्लामा गरिब घरपरिवार परिचय पत्र वितरण गरिने र बाँकि जिल्लामा लागत संकलन गर्ने । भूकम्प प्रभावित जिल्लामा फाइवर लाइन विस्तार वा लाइन विस्तार गर्न असम्भव भएका स्थानमा ताररहित इन्टरनेट सेवा विकास गर्ने । दुर्गम जिल्लामा एक जिल्ला एक विमानस्थलको विकास गर्ने जनता आवास कार्यक्रम लागू गर्ने। भूकम्प प्रभावित  १२ जिल्लामा नमूना शहर विकास कार्यक्रम शुरु गर्ने । दुर्गम जिल्ला तथा तराईका अति विपन्न समुदायका बालबालिकाका लागि निस्शुल्क आवासीय विद्यालय शिक्षाको व्यवस्था  गर्ने पाँचवटै विकास क्षेत्रमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने अनलाइन मिडिया संचालनलाई व्यवस्थि तगर्न कानूनको व्यवस्था गर्ने गत वर्ष सिन्धुपाल्चोकमा गएको पहिरो तथा मध्यपश्चिमका बाढी पहिरो क्षतिग्रस्त क्षेत्रमा व्यवस्थित बस्ती व्यवस्थापन गर्ने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending