Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

नीति तथा कार्यक्रममा नवीनता छैन – पूर्व प्रधानमन्त्री भट्टराई

\"baburam\"२३ असार, काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माणका लागि ठूलो अवसर भए पनि सरकारले ल्याएको नीति तथा कार्यक्रममा खासै नवीनता नदेखिएको प्रतिक्रिया विपक्षी दलहरुले दिएका छन् । सरकारले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७२/७३ को नीति तथा कार्यक्रमप्रति टिप्पणी गर्दै एकीकृत नेकपा९माओवादी०का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नीति तथा कार्यक्रम पुरानै निरन्तरताका रुपमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पपछिको पुनःनिर्माण र नवनिर्माणमा कसरी लाग्ने भन्ने अवसर थियो, केही सामान्य सम्बोधनको कुराबाहेक गुणात्मक रुपमा आउन सकेन ।” नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले बढ्दो बेरोजगारी, व्यापारघाटा बढिरहेका अवस्थामा विप्रेषणलाई एकीकृत रुपमा उत्पादनमूलक ढङ्गले लगानी गर्न सक्ने गरी ठोस रुपमा नीति तथा कार्यक्रममा आउनु पर्दथ्यो त्यो छुटेको देखियो भन्नुुभयो । हरेक वर्ष नीति तथा कार्यक्रमका आधारमा बजेट विनियोजन गर्ने र कार्यान्वयनको प्रक्रियामा लैजाने परिपाटीअनुसार मात्रै परम्परागत कार्यक्रम आएको उहाँको भनाइ थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले निराशाजनक, हचुवा, कर्मकाण्डी हिसाबले नीति तथा कार्यक्रम ल्याइएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पपीडितलाई राहत दिने खासै कार्यक्रम छैन, गरिबी, बेरोजगारी र लगानीलाई सम्बोधन गर्ने पाटो कमजोर रहेको छ ।” नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले सरकारले ल्याएको नीति तथा कार्यक्रम समग्रमा राम्रो भए पनि कार्यान्वयन पक्ष कस्तो रहन्छ भन्नेसँग यसको गुण र दोष जोडिएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई अझ प्राथमिकता राखेर सहकार्य गर्नुपर्छ भन्ने लाग्दछ ।” नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष जयराम लामिछानेले वर्तमान अवस्थामा मुलुकको परिस्थितिअनुरुप नीति तथा कार्यक्रमले समग्र पक्षलाई समेट्न प्रयास गरेको बताउनुभयो । “नीति तथा कार्यक्रमले संविधान लेखन, गरिबी निवारण, पूर्वाधार निर्माण र भूकम्पपछिको नवनिर्माणलाई समेट्न प्रयास गरेको छ,” उहाँले भन्नुभयो । सञ्चारकर्मीको जिज्ञासामा संविधानसभा भवन नयाँ बानेश्वर परिसरमा कुराकानी गर्दै अर्थमन्त्री डा रामशरण महतले भूकम्पपछिको पुनःनिर्माण र मुलुकका समग्र विकास कार्यक्रमलाई अगाडि बढाउन कार्यक्रमले निश्चित रुपमा ठूलो मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । नीति तथा कार्यक्रमअनुसार नै बजेट आउने जानकारी दिँदै उहाँले पुनःनिर्माण, राष्ट्र निर्माण तथा आर्थिक सुधारका कामलाई प्रमुख प्राथमिकता दिएको बताउनुभयो । अर्थमन्त्री डा महतले भन्नुभयो, “अर्थतन्त्रलाई कसरी पुनर्ताजगी गर्ने, नयाँ जीवन दिने, नेपालीको जनजीवनलाई सामान्य बनाएर राष्ट्र निर्माण कसरी लगाउने भन्ने सन्दर्भमा कार्यक्रमले राम्रो सन्देश दिएको छ ।” रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending