Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

महिला सहभागिताको स्थिति सन्तोषजनक छैन तर सुधारउन्मुख छ

\"\" सामाजिक, राजनीतिक अवस्था, पितृसतात्मक अवधारणना, पुरुषप्रधान समाज र महिला आफैमा चेतनास्तरको कमीले गर्दा लक्ष अनुसारको परिणाम प्राप्त हुन सकेको छैन । यसको मतलब खोट पुरुषमामात्र देखाएर मात्र परिवर्तन सम्भव छैन । महिलामा पनि काम गर्ने सोच, तौलतरिकामा परिवर्तन आउनु जरुरी छ । कतिपय महिलामा अझै पनि काम गर्ने, सोच्ने, सक्रिय सहभागिता जनाउने कुरामा पुरानै शैली छ । आफुले के गर्नुपर्छ चाहनै छैन । नेपालको हकमा सामाजिक अवस्थै विभेदपूर्ण छ । यस अवशेषको समुल नष्ट नभएसम्म महिला वृद्धि विकास र समान सहभागितामा परिवर्तन सम्भव छैन । अनिवार्य ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने संवैधानिक प्रावधानको कारण दक्षिण एशियाको अन्य देशको तुलनामा नेपालमा महिलाको स्थिति राम्रै छ । संसदमा महिलाको स्थितिको कुरा गर्ने हो भने नेपाल एक नम्बरमा रहेको छ । विश्वको तुलनामा नेपाल ४८ औं स्थानमा रहेको छ । यसहिसाबले महिलाको लागि राजनीतिकरुपमा स्थान नदिएको चाहिँ होइन । ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नु राम्रो कुरा हो । यो महिला आन्दोलनको सुखद पक्ष हो । यति हुँदाहुँदैपनि राज्यको सबै अंगहरुमा महिला समावेशी हुन सकेको छैन । कार्यकारी क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता पुर्याउनु पर्ने हो, त्यहाँ कार्यन्वायन हुन सकेको छैन । अहिलेसम्म महिला आयोग गठन हुन सकेको छैन । पहिले निर्वाचन आयोगमा एकजना महिला हुनुहुन्थयो अहिले छैन । न्याय क्षेत्रमा विस्तारै महिलाको सहभागिता सुधारन्मुख हुँदै छ । सबैभन्दा कमजोर स्थिति भनेको राजनीतिक दलहरुमा रहेको छ । यो दलहरुको कमजोरी हो । दलहरु बसेर निर्णय गर्नुपर्छ । महिला सहभागिताको कुरा गर्दा सबैभन्दा राम्रो स्थिति भनेको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा रहेको छ । मन्त्रिपरिषद्को कुरा गर्दा कानूनमन्त्रीमा शिवमायाँ तुम्बाहाङफे नियुक्त भएपछि बल्ल ८.५ प्रतिशतको सहभागिता रहेको छ । यो भनेको सन्तोसजनक परिणाम होइन, सुधारउन्मुख परिणाम हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies