Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

घरघरमै भेटिए डेङ्गु सार्ने लामखुट्टे, सचेत हुन आग्रह

\"Mosquito\"२४ असार, चितवन । चितवनको भरतपुरस्थित बजार क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे, त्यसका लार्भा र प्युपा प्रशस्तै भेटिएका छन् । डेङ्गु रोग नियन्त्रणका लागि जिल्लामा भएको लामखुट्टेका लार्भा र प्युपा खोजी गरी नष्ट गर्ने अभियानका क्रममा यस्तो फेला परेको हो । जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले बिहिबार दिएको जानकारीअनुसार होटल, घर, कवाड दोकान, गाडी ग्यारेज तथा स्कुलमा समेत लामखुट्टे भेटिएको छ । वर्षासँगै डेङ्गु रोग फैलन सक्ने भन्दै उनले सचेत हुन र भाँडामा पानी जम्न नदिन स्थानीयलाई आग्रह गरे । एक हप्तासम्म भाँडोमा जमेको पानीमा डेङ्गु सार्ने लामखुट्टे हुर्कने चिकित्सकले बताएका छन् । यही २२ गतेदेखि सुरु भएको ‘खोज र नष्ट गर’ अभियान बिहिबार पनि जारी छ । भरतपुर क्षेत्रमा बिहानैदेखि ७५ जना महिला स्वयम्सेविका यो अभियानमा परिचालित छन् । अभियान सकिएपछि केही दिनमा अन्तिम प्रतिवेदन आउने कार्यालयले जनाएको छ । महिला स्वास्थ्य स्वयम्सेविका सपना तामाङले आफू पुगेका आधाजसो घरमा लामखुट्टे फेला पारेको बताइन् । हरेक वर्ष अभियान चलाइएको र पहिलो वर्ष भेटिएका घरमा समेत अहिले पनि पुनः भेटिएको भन्दै उनले स्थानीयवासी सचेत नभएको पाइएको बताइन् । चितवनमा यो आर्थिक वर्षको अहिलेसम्म ११९ जनामा डेङ्गु लागेको पुष्टि भएको छ । कुल एक हजार ६७८ जनाको नमुना परीक्षणमा ११९ जनालाई डेङ्गु रोग लागेको जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण निरीक्षक केसीले जानकारी दिए । उनका अनुसार वर्षा लागेपछि डेङ्गुका बिरामी बढ्ने गरेकाले यो समयमा चेतनामूलक कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए । एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्छ । उक्त लामखुट्टे कुनै पनि भाँडामा जमेको सफा पानीमा बस्ने र उसका लार्भा त्यसैमा हुर्कने गर्छ । त्यसैका लागि चेतना दिन र पानीमा रहेका लार्भा तथा प्युपा नष्ट गर्न घरघरमा अभियान सञ्चालन गर्न लागिएको केसीले बताए । गमला, टायर तथा फालिएका प्लास्टिकका भाँडामा जमेको पानीमा यसले फूल पार्ने गर्छ । चितवनमा २०६७÷६८ सालमा डेङ्गुको महामारी फैलँदा पाँचजनाले ज्यान गुमाएका थिए । २०६९ सालमा थप एकको मृत्यु भएको थियो । त्यसयता हरेक वर्ष सयौं मानिसमा डेङ्गु लागेको पाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies