Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

प्रमुख डाक्टरले नहेरेपछि रोगको प्रकोप बेला अस्पताल सुनसान

\"parbat\"२४ असार, पर्वत । वर्षायाममा विभिन्न सरुवा रोगको प्रकोप बढिरहेका बेला पर्वत जिल्ला अस्पतालका डाक्टरले बिरामी जाँच नगर्दा बिरामी सङ्ख्यामा एक्कासी कमी आउन थालेको छ । एक समय बिरामीले भरिभराउ हुने पर्वत जिल्ला अस्पताल अहिले सुनसान बन्न थालेको छ । अस्पतालमा रहेका डाक्टर विनोद गिरीले बिरामी जाँच्नै छाडेपछि अस्पतालमा बिरामीको सङ्ख्या गत वर्षको तुलनामा ६० प्रतिशतले कमी आएको हो । अस्पतालमा डाक्टरहरुको दरबन्दी भरिभराउ भएपनि बिरामी हेर्न छाडेपछि स्थानीय मेडिकलहरुमा बिरामी भरिभराउ हुने गरेका छन् भने जिल्ला अस्पताल नाम मात्रैको बनेको छ । अस्पतालमा एकजना मेडिकल सुपरिन्टेन्डेन्ट र चारजना मेडिकल अधिकृत रहेको भए पनि बिरामी भने अस्पताल जानै छाडेका छन् । गत वर्ष यही समयमा दैनिक २५० देखि ३०० बिरामी आउने गरेका भएपनि अहिले दैनिक मुस्किलले एक सय जनासम्म आउने गरेको अस्पतालका कर्मचारीहरु बताउँछन् । विगतका वर्षहरुमा अस्पतालको पूर्वाधार जीर्ण भएपनि दक्ष डाक्टरहरु भएका कारण बिरामीको चाप बढेपनि अहिले भने पूर्वाधारको विकास हुँदासमेत बिरामीको सङ्ख्या घट्नु अस्पताल प्रशासनको कमजोरी भएको बिरामीहरु बताउँछन् । अस्पतालमा आउने बिरामी विगत केही वर्ष पहिलाको जस्तो छ होला भनेर आउने गरेको भएपनि अहिले डाक्टरहरुले बिरामी नहेर्ने गर्दा निजी क्लिनिकमा जान थालेको बताउँछन् । सरकारी अस्पतालमा डाक्टरले नजाँच्ने र समयमा औषधि उपचारसमेत नहुने भएकाले अस्पतालभन्दा निजी क्लिनिकमा जान सजिलो हुने बिरामी दुर्गादेवी शर्माले बताइन् । अस्पतालमा भर्ना भएका बिरामीको समेत नियमित चेकजाँच नहुँदा बिरामी तड्पिएर बस्नुपरेको अस्पतालमा बच्चा भर्ना गरेर बसेकी पर्वत, थापाठानाकी सुनिता क्षेत्रीले बताइन् । अस्पतालमा आएर बसेको दुई दिन हुँदा पनि एकपटक भन्दा बढी डाक्टरले नहेरेको र बाहिर लैजानसमेत नदिँदा बिरामीको अवस्था झनै नाजुक बनेको उनले बताइन् । ‘दुई दिन भयो आएको, डाक्टर एकपटकभन्दा आएका छैनन्, मुख्य डाक्टर त झन् अहिलेसम्म आएकै छैनन्,’ उनले भनिन् । केही समय पहिले भ्रष्टाचार प्रकरणमा अस्पतालका प्रमुख डाक्टर नारायण ओझा निलम्बनमा परेपछि डाक्टर गिरी पर्वत आएको भएपनि कुनै सुधार आउन नसकेको कर्मचारीहरु बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending