प्रायः कम महत्वमा पर्ने तर अति नै संवेदनशील अंग हो छाला । मानव शरिरको प्रत्यक्ष सौन्दर्यतासँग जोडिएकोले पनि यसको हेरचाहा वैज्ञानिक तरिकाले गरिनु अपरिहार्य छ ।
के हो छाला ?
छाला मानव शरीरको एक अंग हो। यो अंगले मानव शरीर बाहिरबाट ढाकिएको हुन्छ। ९० प्रतिशत भन्दा बढी ‘कोलेजेन प्रोटीन’ले बन्ने यो अंग शरिरको सबैभन्दा ठूलो ग्रन्थी पनि हो । जसलाई बनोटको दृष्टिले दुई भाग डर्मिस र एपिडर्मिसमा वर्गीकरण गर्न सकिन्छ ।
किन चाउरी पर्छ त छाला ?
बुढ्यौलीपनासँगै छालामा पर्ने चाउरीपना त स्वभाविक नै हो तर कम उमेरमा पनि यो समस्या देखिनु भनेको विभिन्न स्वास्थ्य समस्यासँग प्रत्यक्ष जोडिएको हुन्छ । शरिरमा पर्याप्त पानीको कमी, पोषक तत्वको कमी भिटामिन (ए, बि र सी)को कमी, मानसिक तनाव, अध्याधिक चुरोटको सेवन, थाइरोइड हर्मोनको उतारचढावलगायतका कुराहरु यसका लागि मूलतः जिम्मेवार छन् ।
कम उमेरमै छाला चाउरी पर्नबाट कसरी रोक्ने ?
वास्तवमा हामीले अपनाउने जीवन शैलीमा परिवर्तन गर्नु नै समस्याको निदान हो ।
कस्ता खानेकुराहरु छालाका निम्ति उपयुक्त मानिन्छन् ?
स्वस्थ छालाका निम्ति मुख्य रुपमा मेवा, गाजर, कागती, अमला, काक्रो, खर्बुजा जस्ता भिटामिन ए र सी साथै मिनरल्सयुक्त खानाहरु नै सेवन गर्नु वान्छनीय हुन्छ । त्यति मात्र होइन गेडागुडी, माछा र मासु जस्ता प्रोटिनयुक्त खानेकुराहरु पनि छालाको निम्ति अपरिहार्य छन् ।
स्वस्थ छालाको लागि कुन क्रिम उपयुक्त छ त ?
मुख्यतः यसमा छाला रोग विशेषज्ञले दिने सुझाव नै निर्णायक हुन्छ तर सर्सर्ती हेर्दा सुख्खा छालाको लागि हामीले मोश्चराइजरको अधिकतम प्रयोग गर्नुपर्दछ । यसमा वेइल बेस मोश्चराइजरको छनौट गरेमा राम्रो मानिन्छ । छालामा छिटो सुक्ने खालको मोश्चराइजरको प्रयोग गर्नु पर्दछ । तथा धेरै मोश्चराइजर प्रयोग गर्नुपर्छ भन्ने पनि छैन ।
आजकाल बजारमा पाइने क्रिमहरुमा स्टेरोइड भएका क्रिमहरुले मानव शरिरको छालामा गम्भीर समस्याहरु देखाईरहेका छन् । यस्ता क्रिमहरुको प्रयोगले छालाको असली स्वरुप परिवर्तन हुनुको साथै छाला पातलो हुने समस्या देखिन्छ । त्यसकारण क्रिमको प्रयोग गर्नु पूर्व हामीले आफ्नो छालासँग मिल्ने अनि अवश्यकता अनुसारको छनौट गर्नु पर्दछ । अन्यथा हामीसँग पछुताउने बाहेक अर्को विकल्प रहँदैन ।
प्राकृतिक रुपमा पनि छालालाई चाउरीपना हुनबाट बचाउन सकिने हामीसँग धेरै उपायहरु छन्– जस्तै आधा हरियो काँक्रोको टुक्रालाई कागती पानीमा १ रात भिजाएर हप्तामा १ पटक आधा घन्टासम्म अनुहारमा राखेमा छाला चाउरी हुनबाट बचाउन सकिन्छ भने चाउरी सकेको छालालाई पाकेको (पहेँलो) काँक्रोलाई १ इन्चका टुक्राहरु बनाएर कागती, घिउ (चिउरीको) बेसनको हल्का पातलो झोलमा ६ घन्टा भिजाएर हप्तामा २ पटक ४५–६० मिनेट प्रभावित क्षेत्रमा राखेर ३–४ महिनाको उपचार गरेमा चाउरिएको छाला राम्रो भएर आउँदछ ।
(भट्टराई सौन्दर्यविज्ञ हुन्)
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: