काठमाडौं । गत डिसेम्बरको अन्तिम साता चीनको बुहानमा देखिएको कोरोना शुक्रबारसम्म विश्वका १८१ देशमा देखिएको छ । चीनपछि युरोप र अमेरिका कोरोनाबाट अत्यन्तै प्रभावित बनेका छन् ।
कोरोना भाइरसबाट विश्वभर २ लाख ४६ हजार मानिस संक्रमित भएका छन् भने १० हजारभन्दा बढिले ज्यान गुमाएका छन् । शुक्रबारसम्म आउँदा विश्वभर १० हजार ४८ जना मानिसले कोरोनाकै कारण ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यूरोपियन देश इटली कोरोनाकै कारण संकटग्रस्त बनेको छ । कोरोनाकै कारण इटलीमा शुक्रबारसम्म सबैभन्दा बढि ३ हजार ४०५ जनाले ज्यान गुमाएका छन् । इटलीमा ४१ हजार ३५ जना कोरोनाबाट संक्रमित छन् ।
कोभिड १९को उद्गम स्थल चीनमा हालसम्म ३ हजार २४८ जनाले ज्यान गुमाएका छन् । चीनमा क्रमशः कोरोनाको प्रभाव कम हुँदै गएको छ ।
यता इरान र स्पेनमा पनि कोरोनाले महामारी मच्चाएको छ । कोरोनाकै कारण इरानमा हालसम्म १ हजार २८४ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा ८३१ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकामा कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ । शुक्रबारसम्म आउँदा अमेरिकामा १४ हजार ३६६ जना कोरोना संक्रमित बनेका छन् । जहाँ २१७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
युरोपियन देश फ्रान्स र युकेमा क्रमशः ३७२ र १४४ जनाको कोरोनाके कारण ज्यान गएको छ ।
हेर्नुहोस् तथ्यांकमा कोरोनाको अवस्था
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: