Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

संसदमा प्रचण्डले भने ‘नीति तथा कार्यक्रम परम्परागत फोटोकपी’

\"prachanda\"काठमाडौँ, २५ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममा ‘सबै विषय समेटिए पनि केही नभएको जस्तो’ भनी टिप्पणी गरेका छन् । राष्ट्रपति डा.रामवरण यादवबाट यही असार २३ मा प्रस्तुत गरिएको आव २०७२÷०७३ सरकारको नीति तथा कार्यक्रममाथि सुरु भएको छलफलमा भाग लिँदै उनले कार्यक्रम राजनीतिक सहमतिबाट आउन नसकेको, परम्परागत रुपमा फोटोकपी गरी ल्याइएकाले यसले नयाँपन दिन नसकेको धारणा राखे । उनले राजनीतिक दलबीच सहमति र सल्लाह गरी नीति आएको भए भूकम्पले उत्पन्न गरेको असाधारण स्थितिलाई सम्बोधन गर्न नयाँ शक्ति र ऊर्जा आउने बताए । प्रतिपक्षी नेता दाहालले युवालाई कृषीमा आकर्षित गर्न प्रत्येक गाउँमा कृषि क्रान्ति आवश्यक भएको, कृषिमा आधारित उद्योगको स्थापना, आर्थिक समृद्धिको आधार कृषिलाई बनाउन, कृषिको आधुनिकीरण र व्यावसायीकरण गर्न आवश्यक भएको बताए । ऊर्जा र पर्यटनका क्षेत्रमा लगानी वृद्धि गर्न, शिक्षा र स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा जोड दिन तथा आयातलाई विस्थापित गर्र्दै निर्यातलाई जोड दिने सरकारको नीति नदेखिएको दाहालले उल्लेख गरे । स्थानीय साधनस्रोतलाई ध्यान दिई उद्योग स्थापना गर्न, एक गाउँ एक रङ्गशाला बनाउन, स्वरोजगार अभियान सञ्चालन गर्न, भूकम्पबाट प्रभावित जनतालाई राज्यले भरणपोषणको व्यवस्था गर्न, सडक, खानेपानी तथा पूर्वाधारको विकास तथा विस्तार गर्न उनले माग गरे । ‘देशको असाधारण अवस्थालाई ध्यान दिई सत्ता र विपक्ष नभनी राजनीतिक सङ्क्रमणलाई चिर्दै आर्थिक समृद्धिमा लाग्नुपर्छ’ उनले भने । उनले जनतामा जाने संविधानको मस्यौदाले जनतामा नयाँ उत्साह र विश्वमा नयाँ सन्देश प्रवाह गरेको, देश राजनीतिक भूमरी र चक्रब्यूहबाट बाहिर निस्कन सफल भएको बताए । नेकपा ९एमाले०का उपाध्यक्ष विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्दै यसमा अपुग विषयलाई थपेर पूर्ण बनाउन जोड दिइन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कमल थापाले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने सरकारको प्रतिबद्धता भए पनि भूकम्पपीडितको राहतमा समेत अनियमितता देखिएकाले सरकारको नीति तथा कार्यक्रमले उत्साह दिन नसकेको टिप्पणी गरे । उनले मुलुकमा गणतन्त्र आए पनि जनताले कुनै सुविधा र राहत पाउन नसकेको धारणा राखे । मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक०का जीतेन्द्र देवले नीति तथा कार्यक्रम समावेशी विकास र सामाजिक न्यायको अवधारणाविपरीत र सिद्धान्तहीन रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending