Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

‘लिपुलेक’का विषयमा चिनियाँ दूतावासमा वैद्य नेतृत्वको मोर्चाको ज्ञापनपत्र

\"Mohan-baidya-400\"२५ असार, काठमाडौं । भारत र चीनबीच गत जेठ १ गते लिपुलेकका विषयमा भएको सम्झौता सच्याउन माग गर्दै नेकपा–माओवादी नेतृत्वको तेत्तीस दलीय राष्ट्रिय मोर्चाले आज नेपालस्थित चिनियाँ दूतावासमा ज्ञापनपत्र बुझाएको छ । माओवादीका उपाध्यक्ष सिपी गजुरेल र नेकपा (एकीकृत) का महासचिव परि थापासहितको टोली बालुवाटारस्थित चिनियाँ दूतावास गई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै दूतावासका प्रथम सचिवले ज्ञापनपत्रलाई अविलम्ब चिनियाँ राष्ट्रपति कहाँ पठाइदिने प्रतिबद्धता व्यक्त गर्नुभएको मोर्चाका संयोजक मोहन वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । चीन र भारतबीच भएको ४१ बुँदे सहमतिको २८औँ बुँदाबाट ‘लिपुलेक’ लाई हटाइयोस् भन्ने माग पूरा गर्न चीनले सहयोग गर्ने आशा लिएको ज्ञापनपत्रमा उल्लेख छ । भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच जेठ १ गते भएको ४१ बुँदे सहमतिको २८ नम्बर बुँदामा उठाइएको लिपुलेकलाई दुई देशको व्यापार वृद्धिका लागि नाकाको रूपमा प्रयोग गर्ने’ भन्ने सहमतिप्रति गम्भीर आपत्ति रहेको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा भनिएको छ, “नेपाली भूमिलाई भारत–चीन व्यापार विकासका लागि नाकाको रूपमा प्रयोग गर्ने भन्ने निर्णय हाम्रो राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथिको अतिक्रमण हो भन्ने हाम्रो ठम्याइ छ ।” रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending