Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

चीनका शीर्ष वैज्ञानिकको यस्तो चेतावनी : ट्रम्पले अब के गर्लान् ?

एजेन्सी । चीनका बैज्ञानिकहरुले अहिलेको समयमा मास्क नलगाई हिड्नु घातक भएको बताएका छन् ।

चीनका बैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालिरहँदा अर्को शक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ट ट्रम्पले भने आफुले मास्क नलाउने बताएका छन् । उनले यसअघि पनि अमेरिका बन्द गर्न बनेको देश होइन भन्दै विवादित अभिव्याक्ति दिएका थिए ।

ट्रम्पको यस्तै जिद्दीपनले आज अमेरिका कोरोनाको इपिसेन्टर बनिरहेको छ । ३ लाखभन्दा बढी मानिसहरु संक्रमित छन् भने ८ हजार बढीले ज्यान गुमाईसकेका छन् । अमेरिकामा स्थानिय प्रदेश तथा सरकारहरुले अपनाएको होशियारीबाहेक आजसम्म पनि लकडाउन गरिएको छैन ।

उता ८५ हजार हाराहारी संक्रमण भएको चीनका बैज्ञानिकहरुले भने मास्क अनिवार्य बताएका हुन् ।साइन्स वेभसाइटलाई दिएको एउटा अन्तर्वार्तामा चीनको जर्ज गाओ चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुख वैत्रद्दानि जार्ज गाओले संक्रमणलाई रोक्न मास्क लगाउनु जरुरी भएको बताएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन आवश्यक छैन भन्दै ढिपी कसिरहेको बेला यो चेतावनी आएको हो । यसअघि विश्व स्वास्थ्य संगठनले समेत रुघाखोकी लागेका बिरामीले मात्रै मास्क लगाउन सुझाव दिएको थियो । तर गाओ भने कोरोना रोकथाममा मास्क महत्वपूर्ण हुने बताए ।

यूरोप र अमेरिकाका जनताको सबैभन्दा ठूलो गल्ती नै मास्क नलगाइकन सार्वजनिकरुपमा हिंडडुल गर्नु रहेको उनको मत छ । कोरोना भाइरस ड्रपलेट्स र मानिसको सम्पर्कमा आउँदा फैलिने भएकोले मास्क अनिवार्य हुने उनको दावी छ ।

उनी भन्छन, “यो संक्रमणमा सूक्ष्म तरल छिटा या ड्रपलेट्सको भूमिका महत्वपूर्ण छ । हामी कुराकानी गर्दा यी सूक्ष्म छिंटाहरु बाहिर आउँछन् । धेरै मानिसमा यो संक्रमण लक्षणरहित पनि हुन्छ । यस्तो अवस्थामा तपाईले मास्क लगाउनु भयो भने यो भाइरस तपाईसम्म पुग्नबाट रोकिन्छ ।”

यसैबीच अमेरिकी वैज्ञानिकले समेत कोरोना भाइरस सास लिने र कुराकानी गर्दा समेत फैलिन सक्ने बताएका छन् । यो हावाबाट सर्न सक्छ । संक्रमित बिरामीले श्वास फेर्दा यो भाइरस हावामा आउने भएकोले पनि यसले नजिकको अर्को व्यक्तिलाई संक्रमित गर्न सक्छ ।

मानिसमा तत्काल लक्षण नदेखिने तर पनि भाइरस शरीरमा प्रवेश गरिसक्ने भएकोले आइसोलेसनमा बस्ने र मास्क लगाउनु जरुरी हुने उनीहरुले बताएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies