काठमाडौं । कोरोना संक्रमणको कारण हिजोको तुलनामा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या र मृतकको संख्या घटेको छ ।
शनिबारदेखि आईतबार मध्यरातिसम्म ८४ हजार ८०० र मृत्यु हुनेको संख्या ५ हजार ८०१ थियो भने शनिबार मध्यरातिसम्म संक्रमितको संख्या ७१ हजार ४०८ र मृतकको संख्या ४ हजार ७३७ भएको छ । यो शनिबारको तुलनामा आइतबारको संख्या कम हो ।
संक्रमित र मृतकको संख्यामा कमि आउनुले विश्वलाई खुशि तुल्याउन सक्छ किनभने यो संक्रमण कम हुँदै जानुको संकेत पनि हुन सक्छ । हुनत एकदिनमा परेको यो फरक नै संक्रमण घटेकै हो भनेर ठोकुवा गर्न भने सकिन्न । बाँकी केही दिनका नतिजाहरुलाई हेर्नुपर्छ ।
आइतबार के भयो ?
कोरोना भाइरस ९कोभिड–१९०का कारण ज्यान गुमाउनेको संख्या ७० हजार नजिक पुगेको छ ।
सोमबार बिहानसम्ममा ६९ हजार ४ सय २५ ले ज्यान गुमाएका छन् ।
कोरोनाबाट संक्रमितको संख्या पौने १३ लाख पुगेको छ । हालसम्म कोरोनाबाट १२ लाख ७२ हजार ८ सय ६० जना संक्रमित भएका छन् ।
संक्रमितमध्ये २ लाख ६१ हजार संक्रमित निको भएर घर फर्किएका छन् । ९ लाख उपचाररतमध्ये ४५ हजारको अवस्था गम्भीर छ भने अन्यको सामान्य रहेको छ ।
नेपालमा देखिएन
शनिबार कैलाली र कन्चनपुरका ३ जनामा संक्रमण देखिएर कुल संख्या ९ पुगेको नेपालमा आइतबार कुनै सक्रमण देखिएको छैन । एक प्रदेश र अर्को प्रदेश, एक स्थानिय निकायदेखि अर्को निकायसम्म आउजाउ बन्द गरेर सरकारले लकडाउनलाई थप कडा पारेको छ भने ७ वटै प्रदेशहरुमा चेकजाँचको व्यवस्था समेत मिलाएको छ ।
भारतमा ७ सय नयाँ थपिए
नेपालका लागी चिन्ताको विषय भारतको संक्रमण हो । भारतमा आइतबार मात्रै ७ सयमा मानिसहरुमा नयाँ संक्रमण देखिएको छ । खुल्ला सिमानाका भएको भारतमा संक्रमण बढ्दै जानु हाम्रो लागी सुखद खबर होइन ।
यो सँगै भारतमा संक्रमितको संख्या ४ हजार २८८ पुगेको छ भने ११७ जनाले ज्यान गुमाईसकेका छन् ।
विश्वको अवस्था हेर्न तल दिइएको पिडिएफ फाइल स्क्रोल गर्नुहोस् –
यो पनि पढ्नुहोस्
प्रतिकृया लेख्नुहोस्: