Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

गाउँमा बैठक र प्रत्याक्रमण अभियान : लकडाउनमा मौकाको फाइदा उठाउँदै माओवादी

दन्तेवाडा । कोरोना महामारीका कारण सिङ्गो भारतमा लकडउान घोषणा गरिएपछि मानवीय जनजीवन ठप्प जस्तै बनेको छ ।

तर भारतका नक्सलवादी भनेर चिनिने माओवादीहरुले भने लकडाउनलाई मौकाको रुपमा लिएको समाचार प्रकाशित भएको छ ।

माओवादी प्रभावित क्षेत्रका रुपमा चिनिएको दन्तेवाडामा माओवादीहरुले लकडाउनको फाइदा उठाइरहेको भारतीय मिडियाहरुले प्रकाशित गरेका छन् ।

समाचार अनुसार, माओवादीले स्थानीयवासीलाई गाउँको सीमा सील गर्न लगाएर बैठकहरु सञ्चालन गरेका हुन ।

लकडाउनको बहानामा गाउँमा कसैलाई प्रवेश गर्न निषेध गरिएको छ भने न कसैलाई गाउँ बाहिर जान दिइएको छ ।

योसँगै सुरक्षाबलमाथि हमला गर्नका लागि यिनीहरुको टेक्निकल काउन्टर अफेन्सिभ क्याम्पेन (टिओसी) पनि तीब्र भएको छ ।

बस्तरको छिमेकी राज्यमा नक्सलवादीहरुको आवागमन भइरहन्छ । देशमा कोरोना भाइरस फैलिनु अघि नै हरेक वर्ष खास दिनमा सञ्चालन हुने काउन्टर अफेन्सिफ क्याम्पेन अर्थात् आक्रामक प्रत्याक्रमणको अभियान शुरु भइसकेको थियो ।

प्रहरीको जासुसी विभागका सूत्रहरुका अनुसा, कोरोना अघि नै आन्ध्र प्रदेश, तेलंगाना र महाराष्ट्रका नक्सलवादीहरु बस्तरमा आइसकेका थिए ।

अहिले बाहिरबाट नयाँ नक्सलवादी भने उक्त क्षेत्रमा आएका छैनन् तर पहिलादेखि नै त्यहाँ रहेका नक्सलवादीहरुले सामाजिक दूरीको साटो जनतासँग सामाजिक निकटता बढाइरहेका छन् ।

प्रत्याक्रमणको अभियान सफल पार्न उनीहरुले गाउँ गाउँमा बैठक सञ्चालन गरेका छन् । उनीहरुले सडक भत्काउनुका साथै पर्चा वितरण गरेका छन् । साथै कार्वाहीका ससाना कार्यक्रम पनि अगाडि बढाएका छन् ।

समाचार अनुसार, लकडाउनको फाइदा उठाएर नक्सलवादीहरुले कैयन क्षेत्रमा प्रहरी जवानमाथि हमलाको योजना समेत बनाएका छन् ।

बस्तरका आइजिपी पी. सुन्दरराजका अनुसार, नक्सलवादीका ठूला नेता भने जंगलमा सुरक्षितरुपमा बसेका छन् । उनीहरुसँग मास्क, सेनेटाइजर र साबुन समेत रहेको छ । “उनीहरु बाहिरबाट आउने जाने गरिरहेका छन्, त्यसैले यदि कुनै नक्सलवादी कोरोना संक्रमित भएको खण्डमा गाउँमा बैठक गर्दा पुरै गाउँ संक्रमित हुने खतराको हामीलाई चिन्ता लागेको छ ।’ उनले भनेका छन्, “हामीहरु सावधानी अपनाउँदै गाउँवासीलाई नक्सलवादी र कोरोनाबाट बचाउन अप्रेसन चलाइरहेका छौं ।”

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies