Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

के गर्मीसँगै काेराेनाकाे महामारी कम हाेला ? यस्ताे छ अध्ययन

काठमाडाैं । चीनबाट फैलिएको विश्वास गरिएको नयाँ कोरोनाभाइरस मौसमी हो कि हैन भन्न अहिले हतार हुन्छ। त्यसबारे निष्कर्षमा पुग्नका लागि कुनै स्थानमा वर्षभरि सङ्क्रमण कसरी परिवर्तित हुन्छन् भनेर हेर्नुपर्छ। तर प्रमाणका लागि हामी संसारभरि भिन्न हावापानीमा कोरोनाभाइरस विस्तारको सिंहावलोकन गर्न सक्छौँ।

कस्तो आधार छ?

विशेषतः अलि चिसो र सुक्खा क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमण बढी देखिएको केही प्रमाणहरू छन्। एउटा अध्ययनले मार्च १० सम्म थाहै नपाईकन सामुदायिक रूपमा सङ्क्रमण फैलिएर धेरै प्रभावित भएका देशमा न्यून सङ्क्रमण देखिएका देशको तुलनामा औसत तापक्रम कम भएको देखिएको थियो।

चालीसभन्दा बढी कोभिड-१९ बिरामी भेटिएका चीनका १०० वटा सहरको स्थिति अध्ययन गरेको अर्को शोधले पनि तापक्रम र आद्रता बढी हुँदा भाइरस विस्तारको गति कम भएको सङ्केत गरेको छ। विज्ञहरूले समीक्षा गर्न बाँकी भएको अर्को अध्ययनका अनुसार विश्वभरि नै कोरोनाभाइरस सङक्रमण भेटिएको भए पनि मार्च २३ सम्म \"तुलनात्मक रूपमा चिसो र सुक्खा क्षेत्रमा\" मात्र प्रकोप देखिएको छ।

लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरूले कोरोनाभाइरस अहिले विश्व स्वास्थ्य सङ्गठनले सूचीकृत गरेका सबै भूभाग र क्षेत्रमा पुगिसकेको तथा चिसो र सुक्खादेखि गर्मी र ओसिलो स्थानमा पनि भेटिएको उल्लेख छ।

उत्तर र दक्षिणमा के फरक छ?

उत्तरी र दक्षिणी गोलार्धमा फ्लूसहित धेरै भाइरसले मौसमअनुसार रूप फेरेको देखिन्छ। तर इक्वेटर अर्थात् भूमध्यरेखानजिकै अवस्थित उष्णकटिबन्धीय क्षेत्र अर्थात् गर्मी हुने स्थानमा त्यस्तो परिवर्तन देखिँदैन।

स्थानीय रूपमै कोभिड-१९ सरेको पाइएका मलेशिया र डीआर कङ्गोजस्ता गर्मी र सुक्खा देश पनि भूमध्यरेखानजिकै छन्। तसर्थ अन्यत्र के हुन्छ भनेर बुझ्न यो उपयुक्त प्रमाण नहुन सक्छ।

अब दक्षिणी गोलार्धको स्थितिको समीक्षा गरौँ। ग्रीष्मयाम सकिन लाग्दा पहिलो चोटि सङ्क्रमण देखिएका अस्ट्रेलिया र न्यूजील्यान्डमा पनि उत्तरी गोलार्थका देशको तुलनामा न्यून सङ्ख्यामा सङ्क्रमित मानिस भेटिए। मानिसहरूको विश्वव्यापी हिँडडुल र गतिविधि तथा जनघनत्वजस्ता विभिन्न कारणको पनि यसमा भूमिका छ।

पहिला एक स्थानबाट अर्को स्थानमा गएका मानिससँगै फैलिएको उक्त भाइरस मौसम परिवर्तन हुँदै गर्दा क्रमशः विश्वभरि नै फैलिएको छ। त्यसैले हावापानीका कारण हुने प्रभावबारे निष्कर्ष निकाल्न कठिन छ।

के अरू कोरोनाभाइरस मौसमी हुन्छन्?

कोरोनाभाइरस परिवारका अन्य भाइरसहरू प्रायः जाडो महिनामा फैलिने केही प्रमाण फेला परेको यूनिभर्सिटी कलेज लन्डन तथा लन्डन स्कूल अफ हाईजीन र ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरूको दाबी छ। उनीहरूले २,००० मानिसबाट तिनको परिवारमा कसैलाई श्वासप्रश्वासम्बन्धी समस्या भए नभएको विवरण साप्ताहिक रूपमा सङ्कलन गरे।

अध्ययनमा सहभागी व्यक्तिलाई त्यस्तो कुनै लक्षण देखिएका परिवारजनको घाँटीमा स्वाब गरेर नमुना पनि पठाउन भनिएको थियो। सङ्कलित नमुनामा विभिन्न भाइरसको परीक्षण गरियो।
यसबाट अनुसन्धानकर्ताहरूले मौसमी फ्लूसँगै कोरोनाभाइरसहरू पनि जाडो बेलामा उत्कर्षमा पुग्ने देखियो। तर गर्मीयाममा कोरोनाभाइरसहरूको सङ्ख्या कम थियो।

उक्त अनुसन्धानमा सहभागी वैज्ञानिक एलन फ्र्याग्यास्जीका अनुसार त्यसैले गर्मीमा केही कम सङ्क्रमण देखिने सम्भावना हुन सक्छ। तर Sars-CoV-2 नाम दिइएको यो नयाँ भाइरसले कस्तो व्यवहार देखाउँछ त्यो भन्न सकिने स्थिति छैन।

अनि यसबाट ठूलो सङ्ख्यामा मानिसहरू बिरामी परेका र विश्वव्यापकताले धेरै आशा गर्नु उपयुक्त देखिँदैन।

के Sars-Cov-2 अरू कोरोना भाइरसजस्तै छ?

कोभिड-१९ लगाउने नयाँ कोरोना भाइरस आफ्नो परिवारका अन्य भाइरस जसरी नै सर्छ। तर यसले बिरामी पार्ने र मृत्यु गराउने तरिका अलि भिन्न छ। यूनिभर्सिटी अफ साउथह्याम्टनका डा. माइकल हेडका अनुसार नयाँ कोरोना भाइरसको विकास र प्रभाव \"रुघा लगाउने खालका अरू कोरोनाभाइरसभन्दा नितान्त भिन्न\" छ।

\"तापक्रम र आद्रताजस्ता पर्यावरणीय कारक परिवर्तन हुँदा कोभिड-१९ का घटना घट्छन् कि घट्दैनन् त्यो हेर्न बाँकी नै छ,\" उनले भने। बिबिसीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies