Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

चीनले गरेका यी ४ गल्ती, जसको कारण विश्वभर फैलियो कोरोना

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)ले विश्वभर संकट निम्त्याएको छ । विश्वभर कोरोनाले लाखभन्दा बढि मानिसको ज्यान लिएको छ भने हजारौं मानिस यसबाट संक्रमित बनेका छ । कोरोनाको फैलावट रोक्न विश्वभरका अधिकांश देशहरुमा अहिले लकडाउनको अवस्था छ ।

यहीबीच कोरोना भाइरसको सुरुवात भएको चीनमा भने यसको संक्रमित र यसबाट मृत्यु हुनेको संख्यामा कमि आउँदै गएको छ । अर्को शब्दमा भन्दा चीन कोरोना भाइरस नियन्त्रणतर्फ करिब–करिब सफल भएको छ । विश्वभर कोरोना फैलिरहेको सन्दर्भमा चीन भने कोरोना मुक्त बन्दैछ ।

अहिले विश्वभर बहस सिर्जना भएको छ, कोरोना चीनबाट विश्वभर कसरी फैलियो ? चीन कोरोना फैलाउन कति जिम्मेवार ? के कोरोना फैलाउन चीनले कुनै गल्ती गरेन् ? विश्वभरको झण्डै आधा जनसंख्या कोरोनाले निम्त्याएको संकटमा रहिरहँदा यी प्रश्नहरुको उत्तर भने मुख्य नै हुनेछ । हामी यसै विषयमा केहि प्रष्ट पार्दैछौं । यी हुन् चीनले गरेका केहि गल्ती जसका कारण विश्वभर फैलियो कोरोना :

गल्ती १ : चीनले कोरोनाको विषयमा लामो समयसम्म सूचना लुकायो

चीनको न्यूज वेभसाईट साउथ चाइना मर्निङ्ग पोस्टले सरकारी दस्तावेजलाई आधार मान्दै खुलासा गरेको छ, चीनको हुबेई प्रान्तमा गत १७ नोम्भेम्बरमै कोरोनाको पहिलो संक्रमित पुष्टी भएको थियो । डिसेम्बर २०१९ सम्म चीनको स्वास्थ्य विभागले २६६ संक्रमित भएको पुष्टी गरेको थियो ।

मेडिकल जर्नल द लैंसेटको रिपोर्टअनुसार बुहानको एक अस्पतालले कोरोना भाइरसको पहिलो कन्फर्म केस १ डिसेम्बरमै गरेको थियो । यति मात्रै होइन् कोरोना भाइरसको बारेमा सबैभन्दा पहिला संसारलाई जानकारी दिने चिनियाँ डाक्टर वेनलियांगलाई चिनियाँ सरकारले नजरअन्दाज गर्यो । साथै उनलाई अफबाह फैलाएको आरोपमा कारबाही गर्यो । कोरोनाको बारेमा संसारलाई बताउने ती डाक्टर लीको कोरोनाकै कारण ज्यान गयो । तर चीनले कोरोनाको बारेमा भने विश्वलाई निकै पछि जनवरीमा मात्रै जानकारी दियो ।

वैज्ञानिकहरु मान्दछन्, यदि चीनले ३ हप्ता पहिला नै कोरोनाको बारेमा बताएको भए, यसको संक्रमण ९५ प्रतिशतसम्म कमि हुन सक्थ्यो । यो विश्वभर फैलिन सक्ने थिएन् ।

गल्ती २ : चीनले कोरोना मानवबाट मानवमा सर्छ भन्ने नै स्वीकार गरेन्

बुहानको अस्पतालमा भाइरल निमोनिया लक्षणका बिरामी देखिएसँगै डाक्टरहरुले आफुँलाई नै क्वारेन्टाइनमा राखेका थिए । तर चीनको स्वास्थ्य विभागले यस भाइरसलाई मानवबाट मानवमा सर्ने कुरालाई इन्कार गरिदियो । १५ जनवरीमा जापानमा कोरोनाको पहिलो संक्रमित देखिए । त्यहाँ देखिएका बिरामी कहिल्यै पनि बुहानको सीफूड गएका थिएनन् । जापानको स्वास्थ्य मन्त्रालयले कुनै कोरोना संक्रमितको सम्पर्कमा आउँदा उनका कोरोनाको संक्रमण फैलिएको बतायो ।

यसपछाडि पनि चीनले मानवदेखि मानवमा कोरोनाको संक्रमण फैलिन्छ भन्ने नै स्वीकार गरेन् । उसले विश्वभर अन्तराष्ट्रिय उडान चालु गरिरह्यो । एक शहरदेखि अर्को शहरसम्म रेल सेवा चलाईरह्यो । पानी जहाजबाट मानिसहरुलाई ओसारपसार गरिरह्यो । जसको कारण निकै छिटो समयमा नै कोरोनाका हजारौं संक्रमित विश्वभर फैलिए । चीनले २० जनवरीमा मात्रै कोरोना मानवबाट मानवमा फैलिने रहेछ भन्ने स्वीकार गरेको थियो ।

गल्ती ३ : कोरोना देखिएको ७ हप्तापछि मात्रै बुहानलाई लकडाउन

डिसेम्बर २०१९ मा चीनमा कोरोना फैलिएको थियो । चीनले कुनै सावधानी नपआउँदा चीनमा मात्रै नभई अन्य देशमा पनि यसको संक्रमण फैलिन सुरु गरेको थियो । बुहानबाट फैलिएको कोरोना अन्य देशका मानिसमा देखिँदा पनि चीनले कोरोनाको उद्गमस्थललाई लकडाउन गरेको थिएन् । चीनले कोरोना भाइरस देखिएको हप्तौं पछि अर्थात् २३ जनवरीमा मात्रै बुहानलाई लकडाउन गरि मानिसहरुको आवत जावत बन्द गरेको छ ।

बुहानका मेयर झोऊ शियानवेंगले २७ जनवरीमा बताएका थिएकी ५० लाखभन्दा बढि मानिस बुहान छोडेर अन्यत्र गएका छन् । तर ५० लाख मानिस कहाँ गए कुनै यकिन छैन् ।

गल्ती ४ : कोरोना देखिएपछि पनि चीनले कुनै एक्शन लिएन

चीन पछि सबैभन्दा बढि इटली कोरोनाबाट संकटमा पुग्यो । इटलीमा संक्रमण देखिनुको कारण चिनियाँ नागरिक नै थिए । चीनमा कोरोना संक्रमण देखिएसँगै ३ लाखभन्दा बढि नागरिक इटली पुगेका थिए । बताइएअनुसार सुन्दर युरोपेली देश इटलीमा चिनियाँ नागरिक नयाँ वर्ष मनाउन गएका थिए । चिनियाँले २५ जनवरीलाई नयाँ वर्ष मनाउँछन् ।

चीनले कोरोना भाइरस फैलिरहँदा पनि आफ्ना नागरिकलाई अन्यत्र जान रोकेको थिएन । जसको कारण छोटो समयमै इटलीमा कोरोना संक्रमित हजारौं पुगेका थिए । अहिले इटली विश्वमै सबैभन्दा बढि कोरोना संक्रमित भएको र कोरोनाबाट ज्यान गुमाउनेको सूचीमा छ । एजेन्सीको सहयोगमा

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies