Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

दरबन्दी प्राथमिक तह, पढाइ माविस्तरको

\"school\"२६ असार, सल्यान । शारदा नगरपालिका वडा नं १२ मा रहेको एक माध्यमिक विद्यालयमा प्रावि तहका तीन दरबन्दीबाट कक्षा सञ्चालन हुँदै आएको छ । स्यानीखालमा रहेको शिव माविले माध्यमिक विद्यालयको अनुमति पाइसके पनि दरबन्दी स्वीकृत नभएकाले प्रावि तहका दरबन्दीमा रहेका तीन शिक्षकका भरमा माध्यमिकस्तरसम्मको पढाइ सञ्चालन हुँदै आएको हो । जिल्ला शिक्षा कार्यालयबाट माध्यमिक तहको पढाइका लागि अनुमति दिइएको लामो समय बितिसक्दा पनि दरबन्दी स्वीकृत नगरिदिँदा समस्यामा परेको स्थानीयवासीको गुनासो छ । विद्यालयमा शिक्षकको व्यवस्था गर्नका लागि कुनै स्रोत नहुँदा निजी स्रोतमा उधारोमा शिक्षक राख्दै आएको विद्यालयका प्रअ डिल्लीबहादुर हमालले बताए । \'विद्यालय सञ्चालनका लागि आर्थिक स्रोत छैन, माध्यमिक तहसम्मको पढाइका लागि निजी स्रोतबाट न्यूनतम तलब हुने गरी नौ जना शिक्षक राखेका छौँ, त्यसमा पनि समयमा तलब पाउने अवस्था छैन\' – हमालले भने । विद्यालयले आफ्नो पढाइको गुणस्तरमा सुधार गर्न कक्षा १ देखि ६ सम्म अङ्ग्रेजी माध्यमबाट पढाउँदै आएको छ । विद्यालयमा सामुदायिक वनले दिने रकमबाहेक अर्को कुनै स्रोत नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर चलाउनेले बताए । \'विद्यालयमा विद्यार्थीको चाप छ, प्राविको दरबन्दी भएका शिक्षकले माविसम्ममा पनि पढाउनुपर्ने बाध्यता छ\' – चलाउनेले भने । वि. सं. २०६७ मा विद्यार्थी घटेर ३० जना भएपछि विद्यालयले विद्यार्थीको सङ्ख्या बढाउनका लागि अङ्ग्रेजी माध्यमको पढाइ सुरु गरेको थियो । अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु भएपछि विद्यालयमा ३५० भन्दा बढी विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending