काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) संक्रमण विश्वभर झनझन् तीब्र बन्दै गएको छ । गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर झण्डै आठ हजारको मृत्यु भएको छ ।
वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ६० को मृत्यु साढे ८४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वर १ लाख ३४ हजार ६ सय ३ पुगेको छ भने संक्रमितको संख्या २० लाख ८३ हजार १७ पुगेको छ । संक्रमितमध्ये ५ लाख १० हजार १ सय २९ जना उपचारपछि निको भएर घर फर्किदा ५१ हजार बढीको अवस्था गम्भीर छ ।
गएको २४ घन्टामा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा २४ सय ८२ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या २८ हजार ५ सय २९ र संक्रमितको संख्या ६ लाख ४४ हजार ८९ पुगेको छ । त्यहाँ बुधबार एकै दिन ३० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकापछि गएको २४ घन्टामा फ्रान्समा धेरैको मृत्यु भएको छ । त्यहाँ एकै दिन १४ सय ३८ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा मृतकको संख्या १७ हजार नाघेको छ । संक्रमितको संख्या एक लाख ४८ हजार नजिक पुगेको छ ।
त्यसैगरी युकेमा बुधबार ७ सय ६१ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या झण्डै १३ हजार र संक्रमितको संख्या एक लाख पुग्न लागेको छ ।
इटालीमा बुधबार ५ सय ७८ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या २१ हजार ६४५ पुगेको छ ।
त्यसैगरी स्पेनमा ५ सय ५७ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म झण्डै १९ हजारको मृत्यु भइसकेको छ ।
त्यसैगरी जर्मनीमा बुधबार ३०९ जनाले ज्यान गुमाएका छन् भने बेल्जियममा २८३, ब्राजिलमा २२५, टर्कीमा ११५, नेदरल्यान्डमा १८९, स्वीडेनमा १७०, क्यानाडामा १०७, इरानमा ९८, मेक्सिकोमा ७४, स्वीटजरल्यान्डमा ६५ जनाको मृत्यु भएको छ ।
हाम्रो छिमेकी देश भारतमा बुधबार कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या ४ सय २२ पुगेको छ भने संक्रमितको संख्या १२ हजार नाघेको छ ।
अर्को छिमेकी देश चीनमा भने बुधबार कसैको मृत्यु भएन भने नयाँ संक्रमित पनि थपिएनन् ।
विश्वको अवस्था हेर्न तल दिइएको पिडिएफ फाइल स्क्रोल गर्नुहोस् –
यो पनि पढ्नुहोस्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: