Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

कोरोना कहर झनझन भयाबह बन्दै –एकैदिन आठ हजार बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) संक्रमण विश्वभर झनझन् तीब्र बन्दै गएको छ । गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर झण्डै आठ हजारको मृत्यु भएको छ ।

वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ६० को मृत्यु साढे ८४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वर १ लाख ३४ हजार ६ सय ३ पुगेको छ भने संक्रमितको संख्या २० लाख ८३ हजार १७ पुगेको छ । संक्रमितमध्ये ५ लाख १० हजार १ सय २९ जना उपचारपछि निको भएर घर फर्किदा ५१ हजार बढीको अवस्था गम्भीर छ ।

गएको २४ घन्टामा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा २४ सय ८२ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या २८ हजार ५ सय २९ र संक्रमितको संख्या ६ लाख ४४ हजार ८९ पुगेको छ । त्यहाँ बुधबार एकै दिन ३० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकापछि गएको २४ घन्टामा फ्रान्समा धेरैको मृत्यु भएको छ । त्यहाँ एकै दिन १४ सय ३८ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा मृतकको संख्या १७ हजार नाघेको छ । संक्रमितको संख्या एक लाख ४८ हजार नजिक पुगेको छ ।

त्यसैगरी युकेमा बुधबार ७ सय ६१ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या झण्डै १३ हजार र संक्रमितको संख्या एक लाख पुग्न लागेको छ ।

इटालीमा बुधबार ५ सय ७८ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या २१ हजार ६४५ पुगेको छ ।

त्यसैगरी स्पेनमा ५ सय ५७ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म झण्डै १९ हजारको मृत्यु भइसकेको छ ।

त्यसैगरी जर्मनीमा बुधबार ३०९ जनाले ज्यान गुमाएका छन् भने बेल्जियममा २८३, ब्राजिलमा २२५, टर्कीमा ११५, नेदरल्यान्डमा १८९, स्वीडेनमा १७०, क्यानाडामा १०७, इरानमा ९८, मेक्सिकोमा ७४, स्वीटजरल्यान्डमा ६५ जनाको मृत्यु भएको छ ।

हाम्रो छिमेकी देश भारतमा बुधबार कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या ४ सय २२ पुगेको छ भने संक्रमितको संख्या १२ हजार नाघेको छ ।

अर्को छिमेकी देश चीनमा भने बुधबार कसैको मृत्यु भएन भने नयाँ संक्रमित पनि थपिएनन् ।

विश्वको अवस्था हेर्न तल दिइएको पिडिएफ फाइल स्क्रोल गर्नुहोस् –

यो पनि पढ्नुहोस्

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies