Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

बूढीगण्डकी आयोजना जसरी पनि बनाइन्छ – प्रम

 \"PM२६ असार, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले बूढीगण्डकी जलविद्युत् आयोजना जसरी पनि बनाइने बताएका छन् ।

आज बिहान बूढीगण्डकी आयोजना शीघ्र निर्माण हुनुपर्ने मागसहित विभिन्न सरोकारका विषय लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको सरोकार समिति र गोरखा तथा धादिङका जनप्रतिनिधिसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले आउने बजेटमा समेत यो आयोजनालाई प्राथमिकतामा राखिने आश्वासन दिए । उनले यो आयोजनाका बारेमा विशेष ध्यान दिन अर्थमन्त्री डा रामशरण महत र ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीलाई पनि विशेष निर्देशन दिएका छन् ।

नेपाली काँग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठको नेतृत्वमा आएको सो प्रतिनिधिमण्डलले नेपालको राष्ट्रिय गौरवका रुपमा रहेको बूढीगण्डकी आयोजना शीघ्र निर्माण गर्नुपर्ने र आउँदो आवका लागि सरकारको नीति तथा कार्यक्रममा परिसकेको सो आयोजना निर्माणका लागि जग्गा अधिग्रहणलगायत कार्यक्रम यसै वर्ष आरम्भ गर्न पनि आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

प्रतिनिधिमण्डलले भूकम्पले आयोजनाको प्रस्तावित जलाशय क्षेत्रका घर पनि क्षतिग्रस्त भएकाले तिनको स्थायी पुनर्वासका लागि आवास बनाउन राहत रकम र निर्माण सामग्री वितरण हुनुपूर्व नै डुबानयोग्य क्षेत्रको मुआबजा प्रदान गरी प्रभावित स्थानीयवासीको पुनर्वास गर्न आग्रह गरेको छ । बाह्र सय मेगावाट क्षमतामा विकास गर्न लागिएको नेपालको हालसम्मको सबैभन्दा ठूलो बूढीगण्डकी जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको विस्तृत अध्ययन गरिरहेको फ्रान्सको ट्र्याकबेल कम्पनीले भूकम्पका कारण प्रतिवेदन बुझाउने कार्र्यमा केही विलम्ब भएको जनाएको छ । कम्पनीले सो आयोजनाबाट विस्थापित हुनेलाई प्राथमिकता दिने गरी गोरखाको सिउरेनीटारमा नयाँ सहर बसाल्न सकिने सम्भावना आँैल्याएको छ । सम्बद्ध पक्षका अनुसार काठमाडौँ, पोखरा र तराईको मध्यक्षेत्र नारायणगढको बीचमा पर्ने सो क्षेत्रमा सुन्दर सहर बसाउन सकिनेछ । त्यहाँको जलाशय नौका विहार र पर्यटकीय दृृष्टिले पनि चित्ताकर्षक हुने बताइन्छ ।

प्रतिनिधिमण्डलले बूढीगण्डकी पुनर्वासका साथै भूकम्पले तहसनहस भएका बस्ती, ऐतिहासिक, पुरातात्विक, धार्मिक महत्वका स्थल, विद्यालय स्वास्थ्यचौकी र सरकारी भवन तथा खानेपानी सडक र सिँचाइजस्ता पूर्वाधारको पुनर्निर्माणका विषय पनि उठाएको थियो ।

प्रतिनिधिमण्डलमा सभासद् राजेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बुर्लाकोटी, परशुराम तामाङ, धनबहादुर घले र दिलमान पाख्रिन, नेकपा(एमाले) धादिङका सचिव कृष्णबहादुर नेपाली र काँगे्रसका तिलक रुवाली, सरोकार समितिका अध्यक्ष दिनेशकुमार ढकालसहित विभिन्न दलका प्रतिनिधिको सहभागिता थियोे । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending