Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

सरकार किन आफै काण्ड निम्त्याउँछ र अरुसँग रिसाउँछ ?

काठमाडौं । पछिल्लो समय सरकारका रबैयाप्रति आम नागरिकको असन्तोष बढीरहेको कुराप्रति सरकार सचेत देखिएन ।

सरकारलाई अरुले बनाइदिएको या उचालेको भन्दा पनि आफ्नै गतिविधि र कृयाकलापले काण्डहरुको रचना गरिरहेको भान हुन्छ ।

जनता असन्तुष्ट रहेको समयमा होशियारीपुर्वक कदम चाल्नुपर्ने सरकार लगामविहिन जस्तै छ । आफुप्रति आएका सबै आलोचनालाई षड्यन्त्रको रुपमा बुझ्दा उसले झन आवेगात्मक र विवेकसुन्य लफडाहरु निम्त्याईरहेको देखिन्छ ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबारे अभिव्यक्त गरेको भनाई अहिले सामाजिक संजालमा भाईरल बनेको छ । उनले कोरोनाबाट जोगिन सुझाएका उपायहरुलाई स्वास्थ्यविज्ञहरुले नमिल्ने बताएपछि उनी शिकार भएका हुन् ।

ओलीले नयाँ कुरा समेत खुलासा गरेको छन् कोरोनाको जोखिमबाट बच्न चश्मा लगाउनुपर्ने समेत बताएका छन् । उनले कोरोना भाईरस निर्जिव तत्व भएको र बोसिय पदार्थले त्यसलाई संरक्षित गर्ने भन्दै तातोपानिले हात धुन र तातोपानी नै खान सुझाएका छन् ।

ओलीको यो भिडियो अहिले सामाजिक संजालमा भाईरल भएको छ ।

यसैगरी शुक्रबार स्वास्थ्यमन्त्रलायले शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका डाक्टर शेर बहादुर पुनलाई पत्र काटेर स्पष्टीकरण सोधेपछि अर्को लफडामा फसेको छ ।

सरकारले मन्त्रालयले बोलाउँदा अटेर गरेको भन्दै पत्रा काटेको बताएको छ भने पुनले पिपिई लगाएर उपचार गरिरहेको र फोन उठाउन नसकेको तथा उपचारमा व्यस्त भएकोले मन्त्रलायमा उपस्थित हुन एक दिन ढिला गरेको बताईरहेका छन् ।

यो समाचार बाहिरिएसँगै सरकार तथा स्वास्थ्य मन्त्रालयको आलोचना व्यापक हुन थालेको छ । स्रोतका अनुसार अहोरात्र कोरोना उपचारमा खटिईरहेका डाक्टर पुनलाई अन्तर्वार्ता दिएको तथा रोगबारे मिडियामा बोलेको भन्दै स्पष्टीकरण सोध्ने उदेश्यले मन्त्रालयमा बोलाइएको थियो । तर पुन मन्त्रालयमा उपस्थित भएनन् । सोही कारण पत्र काटेर बोलाइएको हो ।

यसअघि पनि अर्का डाक्टर सुन्दरमणी दिक्षितले सरकारको तयारी नपुगेको भनेर बोल्दा कारवाही गर्नेसम्मको सरकारले छलफल गरेको थियो ।

पछिल्लो समय सरकार आफ्ना निर्णयहरु विवादमा परेपछि सुझावकर्ता, अहोरात्र काम गर्ने तर सरकारसँग हिमचिम नगर्ने कर्मचारी, आलोचक तथा आफ्नो रक्षा नगर्ने पार्टीका नेता कार्यकर्ताहरुसँग रिसाएको छ र बदलाको भावनामा चलिरहेको प्रतित हुन्छ ।

सरकारको रबैयासँग उसकै पार्टीका नेता कार्यकर्ता, समर्थक तथा विज्ञ तथा कर्मचारीहरुसमेत हच्किन थालेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending