Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

चीनलाई ट्रम्पको चेतावनी : कोरोना फैलाएको प्रमाणीत भए गम्भीर नतिजा भाेग्नुपर्छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्व कडा अभिव्यक्ति सार्वजनिक गरेका छन् । उनले कोरोना भाइरस फैलाएको प्रमाणीत भए चीनले गम्भीर नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् । शनिबार ह्वाईटहाउसमा बोल्दै उनले चीनले कोरोना फैलाउनुमा भूमिका खेलेको हुनसक्ने आशंका गरे ।

उनले भाइरस चीनले रोक्न सक्ने बेलामा पनि नरोकेको बताए । “भाइरस चीनमा सुरु हुनुपूर्व रोक्न सकिन्थ्यो, यस्तो भएन र अब पुरै दुनियाँ यसबाट पीडित बनेको छ, अहिलेसम्म विश्वभर १ लाख ६० हजार बढिको ज्यान गईसकेको छ”, ट्रम्पले भने, “जसरी बाहिर आएको छ, त्यो (चीनको नाम लिएनन्) जिम्मेवार देखिन्छ, निश्चित रुपमा यो महागल्ती थियो ।”

सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भाइरसको प्रकोप नियन्त्रण बाहिर जानुमा चीनले कहिँ न कहिँ गलत गरेको हुनसक्ने बताए । उनले दुनियाँले महसुस गरिरहेको भन्दै सच्चाई छिट्टै बाहिर आउने पनि बताए ।

आफुँले अमेरिकी खबरबारे ध्यान दिईरहेको भन्दै राष्ट्रपति ट्रम्पले जसमा कोरोना भाइरस चीनको बुहानको प्रयोगशालामा तयार भएको भेटिएको बताए । उनले यसबारे चीनले जाँच गरिरहेको बताएको र के जवाफ आउने भन्ने प्रतिक्षामा रहेको बताए ।

चीनले कोरोनाबारे स्पष्ट पार्नुपर्छ : विदेशमन्त्री माइक

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चीनले कोरोनाबारे धेरै जानकारी लुकाईरहेको आरोप लगाए । पोम्पियोले कोरोना भाइरसबारे चीनले विश्वलाई स्पष्ट बताउनुपर्ने बताए ।

“चीनले भनिरहेको छ कि हामी सहयोग गर्न तयार छौं, यदि उ सहयोग गर्न चाहन्छ भने कोरोनाको संक्रमण कसरी सुरु भयो र कसरी फैलयो भन्नेबारे विश्वभरका वैज्ञानिकलाई बताउनुपर्छ”, शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै विदेशमन्त्री पोम्पियोले भने, “चीनको सरकार लोकतान्त्रिक हुन्थ्यो भने यस्तो जानकारी लुकाउँदैनथ्यो, पारदर्शिता कमीको कारण यस्तो खतरा पैदा भएको छ ।”

अमेरिकामा हालसम्म कोरोनाकै कारण ३९ हजारभन्दा बढिको ज्यान गईसकेको छ भने झण्डै साढे सात लाख मानिस संक्रमित बनेका छन् । शनिबार मात्रै अमेरिकामा १ हजार ८६७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका थिए । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending